Second Menu

सागर विरहीको के देखेर होला एल्बम बजारमा


काठमाडौं – नेपाली गीत संगीतको क्षेत्रमा ६ सयभन्दा बढी गीतहरुमा संगीत भरिसकेका पुराना एवं प्रतिभाशाली कलाकार सागर विरहीको स्वरमा एक गीत बजारमा आएको छ । संगीतकार तथा गायक सागर बिरही र मुस्कान घिमिरेको स्वरमा रहेको लोकदोहोरी गीत के देखेर होला बजारमा आएको हो ।

मायाप्रेमको बिषयलाई उठाइएको यस गीतमा लय शब्द र एरेन्ज पनि सागर बिरहीकै रहेको छ । गीतको भिडियो पनि रमाइलो बनेको देख्न सकिन्छ । भिडियोमा बब्बु थापा र रस्मी तामाङको अभिनय रहेको छ । साथमा दुर्गा र मुस्कानले अभिनयमा साथ दिएका छन् ।

रातोपाटीसँग गायक तथा संगीतकार सागर बिरहीले गरेको कुराकानीमा नेपाली गीतसंगीतका क्षेत्रमा नेपाली दर्शक तथा स्रोताले चाहेको गीत बजारमा ल्याएको बताए । ‘पछिल्लो समय युट्युब केन्द्रित भिडियोभन्दा पनि दर्शक तथा स्रोताले साँच्चै नै कस्तो प्रकारको गीत मन पराउँछन् त्यसलाई सर्जकले बुझ्नु जरुरी हुन्छ । यो गीतलाई मेरा प्रिय स्रोता तथा दर्शकले मन पराउनुहुनेछ म बिश्वस्त छु’, सागरले भने । गीतलाई संगम डिजिटलले बजारमा ल्याएको हो ।

No comments:

Post a Comment