Second Menu

प्रमोदको गीतमा केकीको गल्ती भो

गायक प्रमोद खरेलको आवाज रहेको गीतमा नायिका केकी अधिकारीले मोडलिङ गरेकी हुन्छिन् । हुनत, केकीले धेरै म्यूजिक भिडियो खेलेकै कारण पनि उनको चलचित्रले गतिलो व्यापार नगरेको विश्लेषण गरिन्छ ।

उनै प्रमोदले आवाज भरेको ‘गल्ती भो’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ । पोखरामा रहेर संचारकर्ममा सक्रिय अपिल त्रिपाठीले भिडियो तयार पारेका हुन् । गीतमा अर्जुन पोख्रेलको संगीत, देवेन्द्र क्षेत्रीको शब्द छ । सरोज अधिकारीले छायांकन गरेको भिडियोलाई सुवास अमगाँइले सम्पादन गरेका छन् ।

भिडियोमा केकी अधिकारी र देवेन्द्र क्षेत्रीले मोडलिङ गरेका छन् । भिडियोबाट राम्रो प्रतिक्रिया पाएको भन्दै निर्देश त्रिपाठीले खुशी व्यक्त गरे ।

No comments:

Post a Comment