Second Menu

मञ्जिताको पदार्पण

नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा एउटा नयाँ अनुहार भित्रिएको छ । प्रदर्शनको क्रममा रहेको चलचित्र ‘च्याम्पियन’ मार्फत मञ्जिता केसी नायिकाका रूपमा दर्शकमाझ आउँदैछिन् ।

केही म्युजिक भिडियोमा अभिनय गरेकी मञ्जितालाई निर्देशक बीबी फुँयालले अभिनेतो दिक्पाल कार्कीको जोडीका रूपमा प्रस्तुत गरेका हुन् । चलचित्र एक जना युवाको क्रिकेटर बन्ने सपनामा आधारित छ । दिक्पाल कार्की क्रिकेटरको भूमिका प्रस्तुत भएको यो चलचित्रमा मञ्जिताले उनको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

पश्चिम नेपालकी मञ्चिताले ‘च्याम्पियन’ पछि चलचित्र उद्योगमा आफ्नो सक्रियता बढ्ने अनुमान गरेकी छिन् । हालसम्म दोस्रो चलचित्रमा अनुबन्ध नभएकी मञ्जिता यतिबेला पहिलो चलचित्रको परिणामको पर्खाइमा छिन् ।

No comments:

Post a Comment