मोफसलका दर्शकसँग माया साटदै दीपक-दीपा

काठमाडौं । चलचित्र ‘वडा नम्बर छ’ को प्रचार प्रशार सुरु गरेको निर्माण
टोली अहिले हेटौंडा पुगेको छ । हेटौंडामा कार्यक्रम गरेपछि काठमाडौ
फर्किने योजना रहेको जानकरी दिंदै नायिका दीपाश्रीले भनिन ‘काठमाडौं
आएपछि थप कार्यक्रम तय गर्ने छौं ।’
गाउँ ठाउँका कुराहरु समेटेर फिल्म बनाएको बताउने दीपकराज गीरिले
मोफसलका दर्शकलाई सम्मान गर्दै पोखरा, दमौली र नारायणघाटमा
कार्यक्रम गरेको जानकारी दिए । ‘नेपाली फिल्म सफल हुनुमा मोफसलका
दर्शकहरुको विषेश भुमिका हुन्छ उहाँहरुसँग साईनो गाढा बनाउन देश दौडामा
लाग्यौ ।’ गिरीको भनाई थियो ।
अघिल्लो चलचित्र ‘छ एकान छ’ बनाउँदा पनि यो टोलीले यसैगरी कार्यक्रम
गरेको थियो । काठमाडौंमा मात्र सिमित हुनुहुन्न भन्ने मान्याता अनुरुप नै
मोफसलमा कार्यक्रम गरिएको दीपाश्रीको भनाई थियो । एउटा नेपालीले
फिल्म बनाउँदा सबैले सहयोग गरुन भनेर पनि यस किसिमको अभियान सुरु गरेको
उनको भनाई थियो ।
यस चलचित्रका निर्देशक उज्वल घिमिरे हुन् तर, प्रचार कार्यक्रममा अर्का
निर्देशक दिनेश डिसी सहभागी भएका छन् । आफुहरुविच गाढा सम्बन्ध भएकाले
डिसीको उपस्थिती भएको बताइन् दिपाले ।
कतिपयले डिसीसँग दीपा र दीपकको सम्बन्ध बिग्रेको पनि हल्ला गरेका थिए ।
‘हाम्रो सम्बन्ध गाढा छ भन्नका लागि पनि दिनेश डिसी हाम्रो
कार्यक्रममा आउनु भएको हो ।’ दीपाले भनिन् ‘उज्वल घिमिरे अहिले सुटिङमै
हुनुहुन्छ त्यसकारण आउन सक्नु भएन ।’
यस चलचित्रमा निर्मल शर्मा, केदार घिमिरे, जीतु नेपाल, कुञ्जना घिमिरे
लगायतको लगानी रहेको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects