दियालाई लिटिल एन्जल उपाधि

दियालाई लिटिल एन्जल उपाधि
१७ जना प्रतिस्पर्धीलाई पछि पार्दै रूपन्देहीकी दिया पुनले प्रथम लिटिल एन्जल्स प्रतियोगिताको उपाधि जितेकी छिन् ।

फाइनलमा प्यारामाउन्ट स्कुलकी दियाले लिटिल एन्जलको उपाधिसहित पब्लिक च्वाइस एवार्ड पनि जितिन् । प्रतियोगितामा स्कलर्स होम स्कुलकी प्रिन्सेस तुलाचन फस्ट रनर्सअप तथा दीप स्कुलकी अभिलाशा शेरचन सेकेन्ड रनर्सअप घोषित भए । लियो क्लब अफ बुटवलको आयोजनामा मञ्चमा उत्रिएका बालिकामध्ये स्वीकृति पंगेनी बेस्ट स्माइल, कृशा शाक्य बेस्ट डिस्प्लिन, शायना शाही बेस्ट वाक, सिल्सर सोमैमगर बेस्ट कन्फिडेन्ट, तनिष्का पौडेल मस्ट ट्यालेन्ट एवं पूजा गुरुङ बेस्ट फोटोजेनिकको टाइटल एवार्ड जित्न सफल रहे । यो प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका सय जना बालिकामध्येबाट छनोट भएका १८ जना फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects