डल्ली’का कुरा : ‘मैले काम गरेपछि मनोरञ्जन दिनुपर्छ, नत्र गर्दिन’


चलचित्र ‘नोभेम्बर रेन’
प्रदर्शनमा आएपछि चर्चित
बनिन्, छुल्ठिम गुरुङ ।
चलचित्रमा ‘डल्ली’
पात्रको भूमिकामा काम
गरेपछि एकाएक चर्चित
बनेकी छुल्ठिमले यसपछि
आफूले चलचित्रमा काम
नगर्ने उद्घोष गरिन् ।
उनले ‘नोभेम्बर रेन’को भूमिका मन परेकाले मात्र काम गरेको भन्दै आफू नायिका
नै बन्नुपर्छ भन्ने पक्षमा नरहेको खुलाइन् । उनै छुल्ठिमले अनलाइनखबरसँग कुरा गर्दै
आफूलाई दर्शक निराश बनाउन मन नलाग्ने बताएकी छिन् ।
अब चलचित्र खेल्ने कि नखेल्ने भन्ने अनलाइनखबरको प्रश्नमा छुल्ठिमले
भनिन्-‘मलाइ दर्शक निराश बनाउन मन लाग्दैन । ‘नोभेम्बर रेन’मा जस्तै भूमिका
आएको खण्डमा अवश्य पनि गर्छु ।’
छुल्ठिमले उही पुराना टिपिकल बिषयका चलचित्र गरेर आफूलाई नायिका बन्नु
नरहेको पनि बताइन् । उनले खासमा चलचित्र गर्नैपर्छ भन्ने नभएको पनि
अनलाइनखबरसँग बताइन् । चलचित्रमा अभिनय गर्ने बिषयमा खासै सोच
नबनाएपनि छुल्ठिम नेपाल र कतारमा आयोजना हुन लागेका २ वटा अवार्डमा
भने नृत्य गर्दैछिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects