काठमाण्डौं ।
आज जनैपूणिर्मा सनातनी हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा
गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको
नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई ‘जनैपूणिर्मा’ भनिएको हो ।
जनैपूणिर्माका तीन पक्ष रहेका छन्ः यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी ।
हिन्दु दर्शनअनुसार जनैलाई ‘ब्रहृमसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई
शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को
शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ-आफ्ना गुरु-पुरोहितकहाँ जाने गर्दछन्
।
ऋषि तर्पणी हिन्दु तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि,
भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल,
कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई
‘ऋषितर्पणी’का नामले मानिन्छ ।
यस दिन
‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।।’
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले
अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित
बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको
रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।
मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो)
उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका
रूपमा पनि लिइन्छ आजका दिन दिदी-बहिनीले आफ्ना दाजु-भाइको दीर्घायू र सफल
जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ
।
आज काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि -भैंसेपाटी), रसुवाको
गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु,
पाँचपोखरी (रामेछाप), पाँचपोखरी (सिन्धुपाल्चोक), दुधपोखरी-लमजुङ ( मनाङ-
कास्कीको दोभानमा रहेको), त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका
स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ
।
Second Menu
▼
No comments:
Post a Comment