कम्पनमा भूकम्पको कथा


काठमाडौं । वैशाख १२ गतेको विनाशकाी भूकम्प पछि विशेषत म्युजिक
भिडियो बनिरहेका बेला निर्माता अनिल बुढाथोकीले फिल्म ‘कम्पन’
निर्माण गरेका छन् । विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक
संरचनाको पुननिर्माणको विषयलाई लिएर बनिरहेको फिल्मका निर्देशक
दिनेश पौडेल हुन् ।
निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन काठमाडौं र
सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा गरिएको छ । ‘भूकम्पको कम्पनले
मानिसमा सिर्जना गरेको डर र यसलाई सामान्य बनाउने उपायलाई समेटेर
फिल्म बनाउने प्रयत्न गरेका छौं,’ निर्देशक पौडेलले भने, ‘फिल्मले दर्शकलाई
भूकम्प र त्यसपछिको अवस्था कस्तो थियो भने कुरालाई पुन सम्झाउनेछ ।’
फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुली आदी
कलाकारले अभिनय गरेका छन् । हालसम्म रिलिज डेट फाइनल नभएको यो
फिल्मलाई मंसिरमा हलमा ल्याउने तयारी भईरहेको निर्माता अनिल
बुढाथोकीले बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects