श्रावण २८, २०७२- हातभरि हरियो चुरा लगाएर बसेकी नायिका सञ्चिता
लुइँटेलले साउनभर सोमबारको व्रत बस्न छुटाइनन् । पहिरनमा खासै कन्सियस नहुने
लुइँटेल सामान्यतः घरमा आरामदायक क्याजुअल पहिरनमै हुन्छिन् । पहिरन
ब्रान्डेड होस् वा नहोस्, तर आरामदायक र सुहाउँदो हुनुपर्ने कुरामा विश्वास
गर्ने लुइँटेल पार्टी तथा इभेन्टहरूमा डिजाइनर पहिरनमा सजिन्छिन् । गुलाफी
तथा आकाशे रंगका पहिरनप्रति मोहित हुने लुइँटेलले पहिरन खरिद गर्ने कुनै खासै
गन्तव्य छैन ।
मेकअपका लागि ब्रान्डेड सामान नै प्रयोग गर्ने लुइँटेलको मेकअप किट प्रायः
एउटै ब्रान्डका प्रोडक्टले भरिएको हुन्छ । अनुहारमा स्किन टोनअनुसार
सिफोरा ब्रान्डका सामान प्रयोग गर्ने लुइँटेलले आइस्याडो, क्रिम, लिपस्टिक,
गाजल र मस्कारा पनि सिफोराकै प्रयोग गर्छिन् । अघिपछि खासै मेकअप नगर्ने
नायिका लुइँटेल बहिनीले फ्रान्सबाट पठाइदिने फ्रेन्च परफ्यूमप्रति विशेष
आकषिर्त छिन् ।
हरेक ६ महिनामा केश काटछाँट गर्ने लुइँटेलको केश लामो छ । सञ्चिता
गहनाप्रति खासै मोह राख्दिनन् । साडी लगाउँदा सामान्य गहना लगाउनैपर्ने
भएकाले मात्र गहना प्रयोग गर्ने लुइँटेल अघिपछि कमै गहना लगाउँछिन् । यद्यपि
उनी घडी भने ब्रान्डेड नै खोज्छिन् । रोमान्सनलगायत अन्य उत्कृष्ट ब्रान्डका
घडीप्रति उनको खास रुचि छ ।
सनग्लासकी सौखिन लुइँटेल प्रायः ब्याग नै बोक्दिनन् । चित्तबुझ्दो स्टाइल र
पहिरनसँग मिल्दोजुल्दो भए मात्र ब्याग बोक्ने उनको बानी छ । सञ्चिता
पहिरनअनुरूप जुत्ता छनोट गर्छिन् । कुर्ता लगाउनुपर्ने भए हिल भएको र
क्याजुअल वेयरमा फ्ल्याट जुत्तालाई प्राथमिकता दिने लुइँटेल एप्पलको
ल्यापटप र आइफोन चलाउँछिन् ।



0 comments:
Post a Comment