आयो तीजको लहर

काठमाडौँ- हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज नजिकिदै
गर्दा तीजका नयाँ गीति कोशेलीहरु बजारमा आउने क्रम बढ्दो छ |
बर्षमा एक दिन साथीसंगी,
इष्टमित्र, आफन्तजनसंग
दुखपीडा भुलाई रमाइलो
गरी बिताउने दिनका रुपमा
लिइने तीजको चटारो
यतिबेला सांगीतिक
स्रष्टालाई परेको छ |
नयाँ स्वादका तीजगीति कोशेलीहरुको भिडमा यतिबेला नेपाली
चलचित्रका चर्चित संगीतकार ताराप्रकाश लिम्बुसमेत हराएका छन् | पहिलो
पटक तीजगीतमा संगीत भरेका संगीतकार लिम्बुले चर्चित गायिका मेलिना
राईलाई समेत तीजगीतमा डेब्यु गराएका छन् |
निहारिका लक्ष्मी शाहीका शब्द सृजनामा लिम्बुले संगीत भरेको तीज गीत
“आयो तीजको लहर” भिडियोसहित बजारमा आएको हो | नारीहरुले
सौभाग्यको प्रतिकका रुपमा लिने रातो टीका,रातो साड़ी,रातो चुरापोते
लगाएर साथीसंग नाचगान गरेर रमाइलो गर्ने,ब्रत बस्ने,माइत गई आमाको
हातबाट पाकेको दर खाई दुखसुख साट्ने लगायतका तीज बिशेष कार्यहरुलाई
गीतमा उत्कृष्ट रुपमा समाबेश गरिएको छ |
चलचित्रका गीतहरुमा संगीतभर्दाको अनुभव सुनाउदै लिम्बुले आफ्नो पहिलो
प्रयास निकै फलदायी हुने बिश्वास लिए | हिन्दुनारीहरुको पवित्र चाड तीज
बिशेष गीतमा संगीत भर्न पाउदा निकै हौसिएका संगीतकार लिम्बुले ‘तीजको
अग्रिम सुभकामना बाड्दै,आफ्नो तीज कोशेलीले नेपाली नारीहरुमा नयाँ
उर्जा थप्ने बिश्वास ब्यक्त गरे |
बाबु सुरेश डिसी सह निर्देशक रहेको
दिपक मदन सिंहको उत्कृष्ट कोरियोग्राफी रहेको सार्वजनिक भिडियोमा
स्वयम् गायिका मेलिना राई र सरु थापा फिचारिंग छन् | संचारकर्मी शान
थापाको निर्देशनमा हरि न्यौपानेले खिचेको भिडियोलाई टेकेन्द्र शाहले
सम्पादन गरेका छन् |

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects