फेसन शोमा भूकम्प


भाद्र १५, २०७२-
होटल साँग्रिलामा आयोजित फेसन शोका क्रममा मोडलहरूले क्याटवाक मार्फत वैशाख
१२ को भूकम्पको स्मरण गराएका छन् ।
कोरियोग्राफर मनिष शाक्यले संयोजन गरेको ‘डी समर काउचर–२०१५’ शीर्षकको फेसन
शोको पहिलो सिक्वेन्स नै भूकम्पप्रति समर्पित थियो । उक्त सिक्वेन्समा ९ जना मोडलले
भूकम्पले निम्त्याएका विपत्तिहरू झल्किने चित्रहरू प्रिन्ट गरिएका पहिरन प्रदर्शन
गरिएको थियो । यो फेसन सोबाट संकलन भएको रकमको मुख्य अंश सिन्धुपाल्चोकको
एउटा विद्यालय निर्माणका लागि सहयोग गरिने संयोजक शाक्यले बताएका छन् ।
फेसन सोको दोस्रो सिक्वेन्सपछि मात्र मोडलहरूले समर वेयर प्रदर्शन गर्न थाले । फेसन
पारखीमाझ १९ जना मोडलले विभिन्न ९ सिक्वेन्समार्फत समर वेयर प्रदर्शन गरेका थिए ।
नेपाल इन्स्टिच्युट अफ फेसन (एनआईएफ) मा फेसन डिजाइनिङको अध्ययन गरिरहेका
विद्यार्थीहरूले तयार पारेका लेहंगा, सारी, अफिसियल वेयर, अनारकली आदि पहिरनहरू
फेसन शोको मुख्य आकर्षण रहे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects