सम्झना लामिछाने मगर, को नाचेर थाक्ने ?...

पशुपति शर्मा र सम्झना लामिछाने मगरको सहकार्यलाई पनि दर्शक श्रोताले उत्तिकै रुचाएका छन् । यो वर्ष उनीहरूले गाएको तीज गीत को नाचेर थाक्ने ? लाई युट्युबमा अढाइ लाख पटक हेरिएको छ । गत वर्ष यो जोडीले गाएको तीज गीत ‘सितारा बितारा’ युट्युबमा ४ लाख पटक हेरिएको थियो । ०६८ सालदेखि गायनसँग जोडिएकी सम्झनाका सबलाई एकदिन बैंशले छुन्छ नि, फूल फूलेर पहेंलै भयो, घरमा पराल बारीमा बन्सो, वनैमा फूल बसायो, मायाले नबोली फसायो, जति खायो झन मज्जा आउने यो रक्सीको गन्धजस्ता हिट दोहोरी गीत छन् । पछिल्लो समय लोकप्रिय हुने बाटोमा रहेकी सम्झना प्रारम्भिक दिनमा दोहोरी साँझमा गीत गाउँथिन् । सम्झनाले मगर भाषाको चलचित्र म्याडमिनमा नायिकाका रूपमा अभिनय गरेकी छिन् । सम्झना हाल देशभक्तिपूर्ण लोकआधुनिक गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects