Second Menu

लुलिया र सलमानको चक्कर ?


भाद्र ८, २०७२- रोमानियाकी मोडल एवं टेलिभिजन होस्ट लुलिया वन्तुर हाल बलिउड
नायक सलमान खानको फार्म हाउसमा छुट्टी मनाइरहेकी छिन् । मिडियाका अनुसार
हालै लुलियालाई सलमानको परिवारका साथ उनको फार्महाउसमा देखिएको थियो ।
यद्यपि यस विषयमा सलमानले केही बोलेका छैनन् । यसअघि पनि लुलियाबीचको
सलमानको फार्म हाउसमा बसेकी थिइन् र मिडियाले सलमान र लुलिया चक्करका बारेमा
अनुमान गर्दै समाचार लेखेका थिए । उनीहरूले चाँडै विवाह गर्ने कुरा पनि आएका थिए ।
खान परिवारका साथमा लुलियाको तस्बिरले पनि यो कुरा दर्साउँथ्यो । सन् २००६ देखि
टेलिभिजन कर्ममा प्रवेश गरेकी लुलियाले केही चलचित्रमा समेत काम गरेकी छिन् । रोचक
कुरा त के भने लुलियाको विवाह मारियस मोगासँग भैसकेको छ । मारियस गीतकार,
गायक तथा निर्माता हुन् । उनी युरोपमा बस्छन् । सन् २०१२ मा लुलियाले मारियससँग
विवाह गरेकी हुन् ।

No comments:

Post a Comment