भाद्र १८, २०७२-
एक दशकयतादेखि बर्सेनि गाईजात्रा मनाउादै आएका समलिंगी तथा तेस्रोलिंगीहरू उत्साहका साथ सहभागी भए । अन्तर्राष्ट्रिय गाईजात्रा महोत्सव मनाउँदै आएका तेस्रोलिंगीहरूले यो वर्ष आफ्नो अधिकार मात्र होइन, नेपालको पर्यटनका सम्बन्धमा पनि सकारात्मक सन्देश प्रवाह गरे ।
गाईजात्राका दिन ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएका तेस्रोलिंगीहरूले बृहत् र्यालीको आयोजना गरे । ठमेल, वसन्तपुर, जमल, दरबारमार्ग हुादै लैनचौरमा पुगेर समापन भएको र्यालीले वसन्तपुरमा मृत आत्माको सम्झनामा दीप प्रज्वलन गरेको थियो ।
नीलहीरा समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय गाईजात्रा महोत्सवको उद्देश्य नयाँ संविधानमा समुदायको अधिकारको सुनिश्चितता मात्र नभै पर्यटनका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनु पनि भएको समाजकी कार्यकारी निर्देशक मनीषा ढकालले जानकारी दिइन् ।
No comments:
Post a Comment