ब्लोअप प्रतिक्रिया


भाद्र १७, २०७२-
भदौ ११ गते साप्ताहिकको गाईजात्रा विशेष ब्लोअपमा दीपकराज गिरी, प्रियंका
कार्की, जितु नेपाल, केदार घिमिरे तथा सीताराम कट्टेलले दिएको पोजलाई ७१ प्रतिशत
पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा
१७, सामान्य भन्नेमा ३ तथा मन परेन भन्नेमा ९ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ६ वटा
एसएमएसलाई कम्प्युटरले रिड गरेन ।
साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरेर आफूलाई मन
परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी
हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा
साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट
मोबाइल नम्बर ९८६२९५८५३० विजेता हुनुभएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects