Second Menu

भिडियोमै व्यस्त अशिष्मा, निराजन बने जोडी


केही चलचित्रमा देखिएपनि नायिका अशिष्मा नकर्मीका लागि भने
म्यूजिक भिडियो नै फापिरहेको छ । अशिष्मा चलचित्रको पर्दामा थोरै
र भिडियो मोडलिङमा धेरै देखिन्छिन् । उनै अशिष्मालाई लिएर
संचारकर्मी नविन गुरुङले म्यूजिक भिडियो तयार पारेका छन् ।
सोमबार हात्तीबन रिसोर्टमो गायक महेश थुलुङको ‘पलमै हसाँयौ’
बोलको गीतको भिडियोमा नायिका नकर्मीले मोडल निराजन
प्रधानसँग मोडलिङ गरिन् । नायिका नकर्मीले निराजनसँग पहिलो पटक
काम गरेकाले भिडियो विशेष रहेको बताइन् ।
निराजन र अशिष्माको जोडीलाई यो गीत सार्वजनिक भएसँगै दर्शकले
रुचाउने विश्वास निर्देशक नविनको छ ।
नेपाली चलचित्रका नायक तथा नायिकाले म्यूजिक भिडियोलाई
आम्दानी गर्ने राम्रो श्रोतको रुपमा लिदै आएका छन् ।
अशिष्मा पनि अहिले भिडियोमै व्यस्त हुने नायिकाको रुपमा चिनिन्छन्
। निराजनले भने म्यूजिक भिडियोमा नै आफ्नो करिअरलाई अगाडि
बढाइरहेका छन् ।

No comments:

Post a Comment