Second Menu

पोखराको चिसोमा तातो फेसन


बाहिर चिसोले ठिहिराइरहे पनि होटल ग्रान्डको भित्री वातावरणले भने गर्मीको छनक
दिन्थ्यो । गत शनिबार साँझ ७ बजे जब २००२ की मिस नेपाल माल्भिका सुब्बा रंगीन
गाउनमा क्याटवाक गर्दै मञ्चमा प्रकट भइन्, सबैको ध्यान उनीतर्फ केन्दि्रत भयो ।
जिरो-०६१ इन्टरटेन्मेन्टले जाडोको मौसमलाई मध्यनजर गर्दै आयोजना गरेको उक्त फेसन
शोमा माल्भिकाको क्याटवाकले सबैको वाहवाही पायो । त्यसपछि पालैपालो अन्य
मोडलहरू पनि बिरालो चालमा क्याटवाक गर्दै र्याम्पमा झुल्किए । उक्त फेसन शोमा
फेसन डिजाइनर शुभेच्छा भँडेलले तयार पारेका 'बिन्टर कलेक्सन'मा मोडलहरू निकै आकर्षक
देखिएका थिए । जाडोका लागि उपयुक्त कोट, स्कट, गाउन आदि फेसनेबल पहिरन नै यो
फेसन सोको विशेषता रह्यो । उक्त अवसरमा काठमाडौं, पोखरा तथा धरानका १९ जान
मोडल सहभागी थिए भने फेसन शोपछि डिजे कोन्मेको संगीतमा नेपाली, हिन्दी तथा
अंग्रेजी रिमिक्सले कार्यक्रमलाई थप मनोरञ्जक बनाएको थियो ।

No comments:

Post a Comment