घरपालुवाको अचम्मको संसार


| डा शरद सिंह यादव
हामीमध्ये प्रायः जसोले घरमा घरपालुवा
पालेकै हुन्छौँ । अहिलेको शहरी जीवनमा
त झन् नभई नहुने, घरपालुवा जनावरका
बारेमा धेरै कुरा हामीलाई थाहा हुँदैन ।
घरपालुवाको अचम्मको संसार हुन्छ ।
यिनीहरुको बानी व्यवहार हामीले
सोचेको भन्दा एकदम फरक हुन्छ ।
घरपालुवा जनावरसँग सम्बन्धित केही
रोचक तथ्यहरु छन् जुन हामी मध्ये धैरैलाई
थाहा नहुन पनि सक्छ ।
– जति सानो कुुकुर त्यति लामो जिवन
जस्तै ग्रेटडेन जातको कुकुर ८–१० वर्ष
बाँच्छन् भने, पमेरियन जातका १४–१६ वर्ष
बाँच्छन् ।
– कुकुरको छालामा पसिना आउने ग्रन्थी
हुदैन पञ्चाबाट पसिना आउँछ, जिब्रो
बाहिर निकालेर शरीरलाई चिसो पार्छन्

– विश्वमा करिब ३५० भन्दा बढि जातका कुकुर भेटिन्छन् ।
– डाल्मिसीयन जातका कुकुर जन्मिदा पूरै सेतो हुन्छ ।
– कुकुरको आँखामा टेपेटम लुसिडम नामक पदार्थ हुन्छ जसले गर्दा राती
पनि
सजिलै हेर्न सक्छ ।
– कुकुरको सुघ्ने क्षमता मान्छेको भन्दा दश हजार गुना बढी हुन्छ ।
– कुकुरले कालो र सेतो रगं मात्र हेर्न सक्छ भन्ने तथ्य गलत रहेछ । यिनीहरुले
निलो
पहेलो खैरो रगं छुट्याउन सक्छ ।
– विश्वमा सवभन्दा बढी पालिने कुुकुरमा ल्यावराडोर पर्छ ।
– कुकुरको बच्चा जन्मिदा आँखा देख्दैन , कान सुन्दैन र दाँत दुदैन ।
– बेसनजी जातका एक मात्र कुकुर जो भुक्दैन ।
– विश्वमा सबै भन्दा धेरै कुकुर भएको देश अमेरिका हो ।
– ग्रेहाउन्ड विश्वको सबैभन्दा बढी गतिमा दौडन सक्ने कुकुर हो ।
– अस्ट्रेलियामा ब्लुई नाम गरेको कुकुर २९ वर्ष ५ महिना बाँचेको थियो
जुन
सर्वाधिक उमेर सम्म बाच्ने रेकर्ड हो । मानिसको आयु संग तुलना गर्दा १६०
वर्ष
हुन जान्छ ।
– अध्ययनमा प्रमाणित भएको छ कि कुकुरले मानिसको सास सुघेर फोक्सो
क्यान्सर छ छैन पत्ता लगाउन सक्छ ।
– रसियाको लाइका नामकोे कुकुर पहिलो पटक १९५७ मा चन्द«मामा
पुगेको
थियो ।
– कुकुरको कानमा विभिन्न किसिमका १८ वटा मांसपेशी हुन्छ जसको
मदतले
उनिहरु आफ्नो कानको आकार परिवर्तन गर्दछन् ।
– चाउचाउ जातका कुकुरको जिब्रो कालो हुन्छ ।
– करिब बाह्र हजार वर्ष देखि मानिसले कुकुर पाल्दै आएको अनुमान छ ।
– सबैभन्दा सानो जातको कुकुर चिहुवहुवा हो ।
– सबैभन्दा अग्लो कुकुर ग्रेटडेन हो ।
– सबैभन्दा बढी तौल भएको कुकुर सेन्ट वरर्नाड हो ।
– चकलेट खुवाउँदा कुकुरको ज्यान समेत जान सक्छ ।
– कुकुरले ६०–६८ दिनमा बच्चा जन्माउछ ।
– घरपालुवा जनावर पाल्दा मानिसको दिनचर्यामा परिवर्तन आउँछ जसले
ब्लडप्रेशर र डाइविटिज भएका व्यक्तिलाई फाइदा पुर्याउँछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects