असार ११, २०७२-सोनु निरौला स्कुलका हरेक कार्यक्रममा नृत्य गर्न तयार भैहाल्थिन् भने दसैं–तिहारताका गाउँघरमा हुने देउसी नृत्य गर्न पनि माहिर थिइन् । उनी आफ्ना हरकुरा सेक्रेट नै राख्न रुचाउँछिन् । लेटाङ, मोरङकी सोनुमा कलाकारिताप्रति विशेष आकर्षण छ, त्यसैले उनी अध्ययनसँगै कलाकारितामा जम्ने ध्याउन्नमा छिन् । हरेक कुरा सोचेर मात्र बोल्ने सोनु लजालु छिन् । क्याजुएल वेयरमा आफूलाई सहज महसुस गर्ने सोनु नायक आर्यन सिग्देल तथा नायिका रेखा थापाको अभिनयबाट प्रभावित छिन् । छिट्टै म्युजिक भिडियोमा अभिनय गर्ने सुरमा रहेकी निरौला भविष्यमा सफल कलाकार हुने सोच राख्छिन् ।
No comments:
Post a Comment