असार ४, २०७२-सन् २०१२ मा ब्युटी पेजेन्टमा सहभागिता जनाउँदै मोडलिङमा हामफालेकी हुन्, सरिना तामाङले । हेटौंडाकी सरिनाको उचाइ ५ फिट ४ इन्च छ । ३५ह्२५ह्३४ शारीरिक बनावटकी सरिनाले सुरुमा मिस तामाङमा सहभागिता जनाएकी थिइन् । उक्त स्पर्धामा सरिनाले मिस फोटोजेनिकको उपाधि हासिल गरेकी थिइन् । सरिनाले हालसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सरिनाका अनुसार नेपाली मोडलिङलाई हेर्ने दृष्टिकोणमा सकारात्मक र नकारात्मक दुवै अवधारणा व्याप्त छन् । आफू सही छ भने सबै ठीक हुन्छ । फोटोसुट मोडलिङका निम्ति पहिलो खुड्किलो मान्ने सरिना यसले क्यामेरा फेस गर्न सिकाउने बताउँछिन् । काठमाडौं क्रेज डटकमका लागि कवीन्द्रमान शाक्यले आफूलाई डिफरेन्ट लुक्समा उतारेको उनको जिकिर छ ।
No comments:
Post a Comment