अभिनेता: राजेश हमाल
राजेश हमालमा एउटा पर्फेक्ट अभिनेतामा हुनुपर्ने सबै गुण छन् । उनी समग्रमा अर्थात्
प्याकेजमै अभिनेता लाग्छन् ।
अभिनेत्री : कृष्टि मैनाली
अभिनेत्री कृष्टि मैनालीको अनुहार नै कलात्मक लाग्छ । उनको अनुहारमै अदा झल्कन्छ ।
कृष्टिले अनुहारबाट व्यक्त गर्ने भाव उत्तिकै उत्कृष्ट छ ।
खाना: स्पाइसी
मलाई हल्का पिरो खाना मनपर्छ । खासगरी माछाका परिकार स्वादिष्ट लाग्छन् ।
मन्दिर : सबै
मलाई हरेक स्थानको मन्दिर उत्तिकै पवित्र लाग्छ । भगवान सबै मन्दिरमा उत्तिकै पूजनीय
हुनुहुन्छ ।
चाडपर्व : तिहार
मलाई मैनबत्ती र दियोको प्रकाश विशेष लाग्छ । यी दुई चिजको महत्व तिहारमा मात्र
देखिन्छ ।
गायक: रामकृष्ण ढकाल
एउटा प्रतिभाशाली गायक जसको स्वर मलाई असाध्यै मनपर्छ ।
गायिका : आस्था राउत
आस्थाको स्वर युनिक छ । स्वरमा एउटा बोल्डनेस र पोजेटिभ भाइब्स छ ।
चलचित्र: कुसुमे रुमाल
आफू सानो छँदा हेरेको चलचित्र भएकाले पनि होला, यो चलचित्रको कथाले आँखाबाट
आँसु नै बगाएको थियो ।
गीत: मायाको बारीमा...
चलचित्र कुसुमे रुमालको शीर्षक गीत अहिले पनि मलाई कण्ठ छ ।
निर्देशक: नवल नेपाल
विशेषगरी नारी संवेदनालाई कलात्मक तथा प्राकृतिक रूपले प्रस्तुत गर्ने एक मात्र युवा
निर्देशक ।
भिडियो निर्देशक: प्रशन्न पौडेल
जति पनि म्युजिक भिडियोहरू हेरेकी छु, कलाकारलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुरा
राम्रोसँग थाहा पाएका निर्देशक पौडेल नै हुन् जस्तो लाग्छ ।
पहिरन: सेमी क्याजुअल
मलाई केही फरक तरिकाले मिक्स गरेर पहिरन लगाउन मन लाग्छ । सेमी क्याजुअल पहिरन
लगाउँदा सहज अनुभव गर्छु ।
स्थान: नेपाल
नेपालका सबै ठाउँ मलाई उत्तिकै मनपर्छन् ।
पुस्तक: सोच
कर्ण शाक्यको 'सोच' मा एउटा मानिसको जीवनमा सकारात्मक अथवा नकारात्मक
सोचले कति प्रभाव पार्छ भन्ने कुरा राम्रोसँग प्रस्तुत गरिएको छ ।
मौसम: गर्मी
जाडोमा घर भित्रै बसिरहन मन लाग्छ, धेरै काम गर्न मन लाग्दैन तर गर्मीमा बिहानै नुहाएर
घरबाट निस्किएपछि दिनभरी स्फुर्तीका साथ काम गर्न सकिन्छ ।



0 comments:
Post a Comment