भाद्र २३, २०७२-
शहरमा सौन्दर्य प्रतियोगिताको लहर चलेको छ । यसै मेसोमा थपिएका छन्– व्युटिसियनहरु पनि । सौन्दर्य व्यवसायमा आवद्ध युवतीहरु नै अहिले सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धामा उत्रिएका छन् । अहिले देशभरका करिव तीन दर्जन ब्युटिसियन युवती यसमा सामेल भएका छन् । यि मध्येवाट जसले अरुलाई उछिनेर आफुलाई अब्बल सावित गर्नेछन्, उनैले ‘व्युटिशियन आइकन’को शीर्ष उपाधि पहिरिनेछन् ।
प्रतिस्पर्धीको पर्फमेन्स, व्यक्तित्व, आत्माविश्वास, सौन्दर्य कला, क्षमता आदिको आधारमा विजेता छनौट गरिने आयोजक एविसी ह्यान्डका अध्यक्ष सीता पाठकले वताइन् । त्यस वाहेक उनीहरुको प्रवृत्ति, अनुसाशन जस्ता कुराको पनि मूल्यांकन हुनेछ । चौथो संस्करण अन्र्तगत भैरहेको यो प्रतियोगिताको अन्तिम छिनोफानो भने असोजको तेस्रो साता हुने इभेन्ट म्यानेजर दीपक घिमिरले वताए । भव्य कार्यक्रम सहित ग्रान्ड फिनाले प्रज्ञा भवनमा सम्पन्न हुनेछ ।
प्रतियोगितहरुलाई अहिले ग्रुमिङ सेसनमा राखिएको छ । प्रतियोगिताको कोरियाग्राफी निर्जन थापाले गरिरहेका छन् । उनी, म्यान हन्ट २०११ का विजेता हुन् ।
Second Menu
▼
No comments:
Post a Comment