ब्रेकअप भएपछि अमेरिका पलायन भएको आरोप खेपिरहेकी नायिका निशा अधिकारीले आफू अमेरिका आउनुको पछाडि क्रिकेटर शरद भेषवाकरसँगको ब्रेकअप कारण नभएको बताएकी छिन् । ‘एउटा कलाकार विदेश आउँदैमा उसको ब्रेकअप हुनुपर्छ भन्ने छैन,’ फेसबुकमा स्टाटस लेख्दै निशाले भनेकी छिन्– ‘म पलायन वा गुमनाम भएकी पनि होइन, सेप्टेम्बरको अन्त्यसम्ममा काठमाडौं पुग्छु ।’
चलचित्र लुटेराको गीतको छायांकन, चलचित्र हाउ फन्नीको कामका साथै अन्य दुई चलचित्र पाइपलाइनमा भएकाले आफू नेपाल फर्कने तयारीमा रहेको निशाको भनाइ छ । दाइसँग केही समय बिताऊँ भनेर केही दिन अमेरिका आउँदा मिडियामा अनुमानका भरमा विभिन्न टीकाटिप्पणी गरिएकाले स्पष्टीकरण दिन बाध्य भएको निशाको जिकिर छ । म नेपालमै कमाएको पैसाले आफ्नो इच्छा परिपूर्ति गर्न सक्छु, छुट्टी मनाउन विश्वको जुनसुकै स्थानमा जान सक्छु, सामाजिक कार्य गर्न सक्छु’ निशाले फेसबुक पोस्टमा लेखेकी छिन्– ‘विवाह भएको छैन, परिवार पाल्नुपर्ने जिम्मेवारी छैन, त्यसैले विदेश जान परिवारको सहयोग चाहिने अवस्था पनि छैन । नेपाली कलाकार त्यति कमजोर पनि छैनन्, जति प्रचार गरिएको छ ।’
No comments:
Post a Comment