भाद्र १७, २०७२-
व्यवसायिक रुपमा सफल भैसकेको निखिल उप्रेतीको चलचित्र ‘भैरव’ ले बुधवार
काठमाडौंमा विशेष शो सञ्चालन गरेको छ । चलचित्र पत्रकार तथा चलचित्रका
कलाकार र प्राविधिकका लागि गरिएको विशेष शोमा सर्वसाधारण दर्शकको समेत
उल्लेख्य सहभागिता देखिन्थ्यो ।
गोपिकृष्ण सिनेमा हलमा गरिएको प्रदर्शनीपछि चलचित्र हेर्ने अधिकांश सञ्चारकर्मी
तथा कलाकारहरुले ‘भैरव’ प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । वैशाख १२ को
भूकम्पपछिको प्रसंंग समेत समेटिएको यो चलचित्रले अहिले तराईमा जारी आन्दोलनको
छनक दिने शैलीको कथावस्तु समेटिएको छ । तराईमा बढ्दो गुण्डागर्दी विरुद्ध नेपाल
प्रहरीले गरेको कारवाही चलचित्रको मुख्य कथा हो । चलचित्रमा ईन्स्पेक्टर भैरव खरेलको
रुपमा अभिनेता निखिल उप्रेतीले वास्तविक जीवनका प्रहरी अधिकृत रमेश खरेलको
प्रतिनिधित्व गरेका छन् । चलचित्रमा प्रहरी अधिकृतको भूमिकामा निखिल उत्कृष्ट
देखिएका छन् भने तराईका गुण्डागर्दीका नाइकको भूमिकामा प्रस्तुत भएका मुरलीधर
जमेका छन् । नायिका अनु शाहले पनि आफ्नो भूमिकाप्रति न्याय गरेकी छिन् । नागेन्द्र
रिजालसहितका कलाकारले राम्रो अभिनय गरेका छन
Second Menu
▼
No comments:
Post a Comment