जमुना सनम, मै राम्री छैन र ?

एकदशक अघिदेखि गायनमा सक्रिय जमुना सनमले ७ वर्ष अघिदेखि निरन्तर तीज तयार पार्दै आएकी छिन् । यो वर्ष उनले ४ वटा तीज गीत गाइन्, जसमध्ये पशुपति शर्मासँग गाएको मै राम्री छैन र ? सबैभन्दा लोकप्रिय छ । पशुपतिका अतिरिक्त विनोद ढकाल, यमजी बिसीसँग तीज गीत तयार पारेको उनले बताइन् । २०६६ सालमा पहिलो पटक रिता केसीका साथमा गाएको तीज गीत ओए सुन्तली ब्लकबस्टर हिट भएको जमुनाको भनाइ छ । प्रकाश कटुवालका साथमा गाएको रातो साडी सप्को काँधमा लाई पनि दर्शक श्रोताले रुचाए । दोहोरी गायनमा पनि जमुनाका हिट गीतहरू उत्तिकै छन् । कुशल बेलबासेका साथमा गाएको रातो घलेकीमा तथा बिरु लामासँग गाएको बग्यो खोली सागर भेट्नलाई उनका हिट दोहोरी गीत हुन् । यस्तै पशुपति शर्माका साथमा सालैज्यो भाकाको माया भुल्ने के होला दबाईले पनि दर्शकको माया पाएको थियो । अर्घाखाँचीमा जन्मिएकी जमुना सुरु–सुरुमा बुटवल बसेर गीत संगीतमा सक्रिय थिइन् । २०६६ सालमा काठमाडौं आएकी जमुनाले एक दर्जन प्रतियोगात्मक दोहोरी गायनमा प्रथम स्थान हासिल गरेकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects