टिन एजमा विपरीत लिङ्गीप्रति आकर्षण बढ्नु स्वभाविक हो – आरजु खरेल


आरजु खरेल (मोडल)
झापा जिल्लामा जन्मिए पनि काठमाडौं थानकोटमा स्थायी घर
भएकी
आरजु खरेल मोडलिङ क्षेत्रकी आशालाग्दी मोडल हुन् । हालसम्म एक
दर्जन
म्युजिक भिडियोमा अभिनय गरेकी मोडल खरेल प्रष्ट बोली र आधुनिक
विचारकी नयाँ प्रतिभा हुन् । हाल ११ कक्षामा अध्ययनरत मोडल आरजू
खरेलसँग
काभ्रे टाइम्स साप्ताहिकको लागि गरिएको कुराकानी यहाँ प्रस्तुत
गरिएको छ ।
० हालसालै तपाईंले अभिनय गर्नुभएको म्युजिक भिडियो कुन हो ?
हालै मैले काभ्रे जिल्लाका रचनाकार धु्रवकृष्ण ताम्राकारले रचना
गर्नुभएको
मनको बह एल्बमको नसुनाइदेऊ तिमीले बोलको गीतमा अभिनय गरेकी छु ।
यो
गीतका गायक स्वरुपराज आचार्य, संगीतकार विक्रम सुवाल, निर्देशक
कृष्ण
पौडयाल, छायांकार विरेन्द्र भट्ट हुनुहुन्छ । यो गीतको म्युजिक
भिडियोको
निर्माण सेलिब्रेटी नेपालले गरेको हो ।
० अहिले पेशेवर मोडलहरुले काम नपाइरहेको बेलामा तपाईंले किन मोडलिङ
क्षेत्र रोज्नुभयो ?
एक त अहिले महाभूकम्पले गर्दा देशको अवस्था नै नाजुक छ । यो समयमा
कुनै पनि
काम पूर्ण हुन सक्दैन । कसैले काम पाउँछन् या पाउँदैनन् त्यो मेरो चिन्ताको
विषय होइन । म नयाँ केही गरेर देखाउँछु भन्ने सोचाईले मोडलिङ क्षेत्रमा
लागेकी हुँ ।
० आजकालका युवतीहरु आफूलाई अलिकति राम्री देख्ने बित्तिकै म
मोडलिङ
गर्छु, म नायिका बन्छु भन्ने सपना देख्छन् । तपाईंलाई कस्तो लाग्छ ?
हो आजकालका युवतीहरु आफूलाई अलिकति राम्री देख्ने बित्तिकै
नायिका
बन्ने सपना देख्छन् । यो गलत हो । रुप राम्रो हुँदैमा नायिका बन्न सकिँदैन ।
जसरी विनाबादल पानी पर्दैैन, त्यसैगरी प्रतिभा र योग्यता विनाको
रुपको
कुनै अर्थ हुँदैन ।
० एउटा सफल मोडल बन्नको लागि के के गुणहरु हुनुपर्छ जस्तो लाग्छ ?
सर्वप्रथम शिक्षित हुनु जरुरी छ । शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ
हुनुपर्छ ।
अभिनय तथा नृत्य जानेको हुनुपर्छ । सुटिङ युनिट (निर्देशक, छायाँकार,
संगीतकार, सहकर्मी साथीहरु आदि) का सबैसँग घुलमिल हुनसक्ने हुनुपर्छ ।
प्रष्ट
बोल्ने र आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्न सक्ने हुनुपर्छ ।
सही र
गलत छुट्याउन सक्ने क्षमता आफूमा हुनुपर्छ । बिर्सेर पनि घमण्डी र लोभी
हुनुहुँदैन

० म्युजिक भिडियोमा अभिनय गर्नु अगाडि मिडियाको बारेमा के
सोच्नुभएको थियो र अहिले के भिन्नता पाउनुभयो ?
यथार्थ कहिले पनि कल्पना गरेको जस्तो हुँदैन । म्युजिक भिडियोमा
अभिनय
गरेपछि सोचेको भन्दा धेरै फरक पाएँ । यस्तो अभिनय, यति जाबो काम त
जसले
पनि गरिहाल्छ नि भन्ने सोचेको थिएँ । तर होइन रहेछ । काम गर्न
साँच्चिकै
गाह्रो हुँदोरहेछ ।
० तपाईंले मोडलिङ सम्बन्धी कुनै प्रशिक्षण लिनुभएको थियो कि ?
बागबजारमा रहेको बुष्ट कलाकेन्द्रमा मोडलिङको क्लास लिएकी थिएँ
। नृत्य
सानैदेखि गर्थें । यस्तो प्रशिक्षण लिएको छैन । जुनसुकै काम गरे पनि
त्यस्को
प्रशिक्षण लिनैपर्छ । गुरुविना ज्ञान पाउन सकिँदैन । मैले आरजे, भिजेको
टे«निङ पनि लिएकी छु ।
० हरेक मोडलको सपना हुन्छ फिल्मी क्षेत्रमा सफल नायिका हुने ।
तपाईंको के
सोचाइ छ ?
म अहिले फिल्म गर्न चाहन्न । ११ कक्षा पढ्दै छु र यो मेरो पढ्ने समय हो ।
फिल्मको लागि लामो समय दिनुपर्छ । मसँग अहिले समय छैन । त्यसैले
म्युजिक
भिडियो मात्र गर्छु ।
० कुन नायिकाबाट प्रभावित हुनुहुन्छ र किन ?
म केकी अधिकारीबाट बढी प्रभावित छु । उचाई कम भए पनि केकी
अधिकारीको अभिनय क्षमता प्रचुर मात्रामा छ । गीतको भावसँग
अभिनय
गर्न सक्ने नायिका केकी अधिकारी मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
० अझै पनि समाजमा केटी मान्छेहरु मोडलिङमा लाग्नुलाई राम्रो नजरले
हेरिँदैन
किन होला ?
हरेक कुराको राम्रो र नराम्रो दुईटा पक्ष हुन्छन् नै । सधैं नराम्रोलाई हेरेर
गल्ती
देखाइरहनु राम्रो होइन । आज मोडलिङमा लाग्ने केटीहरु उच्च शिक्षित
छन् ।
प्राविधिक रुपमा पनि निपुण छन् । कुनै पनि कामको जिम्मेवारी लिएर
व्यवस्थापन गर्न सक्छन् । देश विदेशका नयाँ प्रविधिहरु भित्र्याउन सक्छन्
र मुख्य
भूमिकामा अभिनय गर्न सक्छन् ।
० बैशाख १२ गतेको महाभूकम्प जाँदा तपाईंं कहाँ हुनुहुन्थ्यो ?
त्यसबेला म स्वयम्भूमा थिएँ । हेर्दाहेर्दै पर्खाल तथा घरहरु ढले । थोरै समयले

ढलेको घरबाट खसेको इँटाबाट जोगिएँ । यति ठूलो भूकम्प यहाँ भन्दा
अगाडि
कहिल्यै अनुभव गरेकी थिइनँ ।
० भूकम्प पीडितहरुको लागि तपाईंले पनि कुनै संघ संस्थासँग आवद्ध भएर
राहत
वितरण गर्नुभयो कि ?
कुनै संस्थासँग आवद्ध भएर होइन हामी साथीहरु मिलेर आफ्नो व्यक्तिगत
खर्चमा
आफ्नो घर वरपरका भूकम्प पीडितहरुलाई राहत वितरण गरियो । वास्तवमा
मलाई सामाजिक काम गर्न धेरै मनपर्छ ।
० अहिले नेपालमा बलात्कारका घटनाहरु बढ्नुको कारण के हो ?
बलात्कारका घटनाहरु पहिलो पनि भएका थिए । जनसंख्या बृद्धिसँग
घटनाहरु
बढ्नु स्वभाविक हो । पहिला पहिला बलात्कारका घटनाहरु लाज हुन्छ
भनेर
लुकाउँथे भने अहिलेको घटनाहरु लुकाउँदैनन् । त्यसैले बलात्कारक घटनाहरु
मिडियामा आइरहन्छन् । यस्ता घटना घट्नुको कारण जनचेतनाको कमी
हो ।
० एउटा ३०–३५ वर्षको पुरुषले ५–७ वर्षका बालिका बलात्कार गर्नुलाई
तपाईं के
भन्नुहुन्छ ?
त्यस्ता पुरुष मानव होइनन् दानव हुन् । आफू सरहको केटीलाई बलात्कार गर्नु
भनेको यौन इच्छा पूरा गर्नु हो । तर कलिला बालिकालाई बलात्कार
गरी
हत्या गर्नु क्रुर तथा राक्षसी प्रवृत्ति हो । यस्तालाई फासीको सजाय
दिए
पनि कम हुन्छ ।
० भनिन्छ के केटाकेटीहरु बिग्रने उमेर भनेकै टिन एज हो । के यो साँचो हो ?
बिग्रने मानिस जुनसुकै उमेर भएपनि बिग्रन सक्छ । टिनएजमा मानिसमा
जोश,
जाँगर अलि बढी नै हुन्छ र त्यो उमेरका व्यक्तिले कुनै पनि कुराहरुलाई
गम्भीरतापूर्वक लिँदैनन् र हतारमा निर्णय गर्छन् । यसले गर्दा कम बिग्रने
सम्भावना बढी हुन्छ ।
० अहिलेका केटाकेटीहरुमा प्रेम सम्बन्ध भन्दा पनि शारीरिक आकर्षण
बढी
हुन्छ किन होला ?
टिनएजमा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वभाविक हो ।
केटालाई केटी र केटीलाई केटासँग बसेर रमाइलो कुरा गर्न मन लाग्नु
प्राकृतिक
नियम नै हो । कुनै पनि केटीलाई देख्ने बित्तिकै मन पराउनु प्रेम नभई
शारीरिक
आकर्षण मात्र हो । आजकालका युवा युवती आज भेट भयो भने भोलिपल्टै
डेटिङ जान चाहन्छन् । यो प्रेम होइन । धेरै मानिसहरु शारीरिक
आकर्षणलाई
प्रेम हो भन्ने सोच्ने गर्छन् । यो उनीहरुको भ्रम मात्र हो ।
० मेकअप कत्तिको गर्नुहुन्छ ? तपाईंलाई कुन पहिरन मनपर्छ ?
मेकअप विना नारीको सौन्दर्य अधुरो हुन्छ । हल्का मेकअप गर्छु । भद्दा
मेकअप
राम्रो हुँदैन । जुन पहिरन लगाउँदा आफूलाई सजिलो हुन्छ त्यही पहिरन
लगाउँछु ।
प्राय वानपिस तथा जिन्स पाइन्ट र टिशर्ट लगाउँछु ।
० प्रेम के हो ?
दुई आत्माको मिलन हो ।
० हालसम्म कसैसँग प्रेम गर्नुभएको छैन ?
प्रेम त सबैसँग गर्छु । तर स्पेशल साथी चाहिँ कसैलाई रोजेको छैन । अहिले म
प्रेम
होइन काम गर्न चाहन्छु ।
० सेक्स के हो ?
मायाको अन्तिम विन्दु सेक्स हो । फरक यत्ति छ कि माया सबैलाई
गरिन्छ ।
तर सेक्स आफ्नो जीवनसाथीसँग मात्र गरिन्छ ।
० प्रेममा सेक्स आवश्यक छ ?
प्रेममा सेक्स हुनु अनिवार्य छैन । तर सेक्सले प्रेमलाई परिपक्व बनाउँछ ।
राम्रोसँग
सदुपयोग ग¥यो भने सेक्सले निरोगी बनाउनुको साथै काम गर्ने ऊर्जा
दिन्छ भने
त्यसको दुरुपयोग भयो भने त्यसैले धेरै ठूलो दुर्घटना निम्त्याउँछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects