माकुराको विचित्रको संसार !


कालो रौं भएको माकुरो, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो
गुलाबी माकुरो, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ ।
माछा
मार्ने माकुरो पनि हुन्छ, पौडी खेल्ने माकुरो पनि हुन्छ । माकुरो पहाडमा
पनि
बस्छ, गुफामा पनि बस्छ । जालो बुनेर शिकार पक्रने माकुरो पनि हुन्छ, र
जालो
नबनाई बाघ सिंहले जस्तै शिकार गर्ने माकुरो पनि हुन्छ । गंगटो जस्तो
देखिने
माकुरो पनि हुन्छ र झिँक्रा (रुखको सुकेको मसिनो हाँगा) जस्तो देखिने
माकुरा पनि हुन्छ । यसरी, यस संसारमा धेरैथरिका विचित्र विचित्रका
माकुराहरु पाइन्छन् । अहिलेसम्म ज्ञात भएअनुसार, यस संसारमा माकुराकै
मात्र
करीब ३० हजार प्रजातिहरु छन् !
माकुरो आफैं मांसहारी जीव हो । यो जीवले विशेष गरेर कीरा फट्यांग्रा
खाने
गर्छ । तर यही संसारमा एउटा यस्तो कीरा पनि पाइन्छ, जसलाई माकुरोले
हैन,
माकुरोलाई त्यो कीराको बच्चाले खाइदिन्छ !
आउनुहोस्, हामी पनि माकुरोको यो विचित्रको संसारको केही
हिस्सालाई
चियाऔं ।
चरा खाने भयानक माकुरो !
दक्षिण अमेरिकाको अमेजनको जंगलमा विचित्र विचित्रका, भयानक
जीवजन्तुहरु पाइन्छन् । त्यस्तै जीवजन्तुहरुमध्येका एक हो – चरा खाने
विशाल
माकुरा । शरीरभरि रौं नै रौं भएको यो माकुरोले आफ्नो खुट्टालाई बीस
सेन्टीमिटर परसम्म एकैपटकमा पुर्याउन वा घुमाउन सक्छ ।
प्रायःजसो माकुरोहरुले जालो बुनेर आफ्नो शिकारलाई पक्रने गर्छ । तर
यो
माकुरोले अरु माकुरोले जस्तो जालो बुन्दैन । यसको शिकार गर्ने तरीका
अन्य
मांसहारी जीवजन्तुहरुको जस्तै हुन्छ । मूलतः यो माकुरोले रुखमा चढेर
आफ्ना
शिकारहरुलाई खोज्ने गर्छ । विशेष गरी यसले मुख्य गरेर कीरालाई आफ्नो
आहार बनाउँछ तर यसले भेटेमा स–साना माउसुली, छेपारो, सर्पका बच्चा र
चरालाई समेत पक्रेर खान्छ । त्यसैले यो माकुरोलाई चरा खाने माकुरो
पनि
भनिन्छ ।
सौभाग्यको कुरा के छ भने, यो माकुरो मान्छेको लागि भने खतरनाक
चाहिँ
छैन । यसले टोक्यो भने एउटा मौरीले टोके जतिकै दुख्छ । साथै, यसको रौंले
पनि
निकै पीडा दिन्छ । आफूमाथि खतरा आइलागेको आभास पाएपछि यस
किसिमका केही माकुरोहरुले आफ्नो पेटबाट रौं थुतेर आक्रमणकारीमाथि
हिर्काउँछन् । यस माकुरोको छालाको रंग कालो हुन्छ । चरा खाने यो
माकुरोको आकार १० सेन्टिमिटर–सम्म हुन्छ ।
रंग परिवर्तन गर्ने माकुरो
गंगटो माकुरोको शिकार गर्ने तरिका अनौठो हुन्छ । यो माकुरो फूलमा
बस्छ र
फूलको रस खान आउने कीराहरुलाई आफ्नो शिकार बनाउँछ । यो माकुरो

फूलको रंग झण्डै झण्डै एउटै जस्तो देखिन्छ, जसले गर्दा फूलको रस खान
आउने
कीराले आफ्नो यो शत्रुलाई हत्तपत्त ठम्याउन सक्दैन । अझ, यो माकुरोको
पोथी जातिले फूलको रंग अनुसार, आफ्नो रंगलाई समेत विस्तारै परिवर्तन
गर्न
सक्छ ।
झट्ट हेर्दा फूलकै अंगजस्तो देखिने भएकोले फूलको रस खाने कीराहरु
निस्फिक्री भएर आएर फूलमा बस्छन् । यसरी कीरा फूलमा बस्दा उत्पन्न
हुने
कम्पनबाट माकुरोले कीरा आएर फूलमा बसेको थाहा पाउँछ र झम्टेर
आफ्नो
शिकारलाई पक्रन्छ ।
जिउदै माकुरोको शरीरमा बच्चा जन्माउने कीरा !
कल्पना गर्नुहोस्, पखेटा भएको एउटा भयानक जीवले तपाईंलाई पक्र्यो ।
पक्रेपछि त्यो जीवले तपाईंलाई डसेर निस्क्रिय तुल्याइदियो । त्यसपछि
त्यो
पखेटा भएको भयानक जीवले तपाईंको शरीरमा अण्डा पार्यो र
तपाईंलाई
जमीनमा कतै लुकायो । निश्चित समयपछि ति अण्डाहरुबाट बच्चाहरु
निस्के ।
र, त्यसरी निस्केका बच्चाहरुले तपाईंलाई जिउँदै खाइदिए ।
के यस्तो घटना वास्तविक जीवनमा हुन सम्भव छ ? अहँ ! तपाईं हामीमध्ये
कसैले
पनि वास्तविक मानव जीवनमा यस्तो घटना हुन सम्भव छ भनेर सोच्न पनि
सक्दैनौं । यस्तो घटना त डरलाग्दो फिल्म, कहानी वा कथाका
किताबहरुमा
मात्र हुन सम्भव छ भनेर तपाईं हामी जोसुकैले पनि सजिलै भन्न सक्छौं ।
तर मानव जगत्का लागि यस्तो घटना असम्भव भए पनि जीवजगत्मा यस्ता
घटनाहरु हुने गर्छन् ।
यस जीव जगत्मा पहेलो पखेटा र कालो शरीर भएको, बारुलो जस्तै एउटा
कीरा
हुन्छ, जसलाई अंग्रेजी भाषामा ध्बकउ भनिन्छ । यही कीराले नै शरीरभरि
रौं
भएको ठूलो खालको माकुरो– टारान्टुला को शरीरमा अण्डा पारेर
बच्चा
जन्माउँछ ।
सर्वप्रथम यसले यस जातिको माकुरोलाई जिउँदै पक्रन्छ । यसले माथि
उल्लेख
गरिएजस्तै गरी त्यसलाई डसेर हलनचल बनाइदिन्छ, तर मार्दैन । त्यसपछि
त्यस
कीराले त्यस माकुरोको शरीरमा अण्डा पार्छ । अण्डा पारिसकेपछि
त्यस
कीराले माकुरोलाई जमीनमा लुकाउँछ । यसरी त्यसको जीवित शरीरमा
केही
समयसम्म ती अण्डाहरु हुर्कन्छन् । जब अण्डाबाट बच्चाहरु निस्कन्छन्, ती
बच्चाहरुले जन्मनेबित्तिकै त्यो माकुरोलाई खाइदिन्छन् ।
रोचक त के छ भने, यो कीराको भरखरै जन्मेको बच्चाले माकुरोलाई आफ्नो
भोजन बनाए पनि यसको माउले भने फल र फूलहरुको रस मात्र खान्छ ।
संसारमा सबैभन्दा विषालु माकुरो
ब्राजिलमा पाइने ‘बञ्जारा माकुरो’ यस्तो माकुरो हो । विशेष गरेर यो
माकुरो एमेजन नदीको आसपासको घना जंगलमा पाइन्छ । तर यो
माकुरोको
सबैभन्दा खराब बानी नै के छ भने, यो मान्छेको घरमा समेत आउने गर्छ ।
कतिसम्म
भने, कहिलेकाहीँ यो माकुरो लुगाको थाकभित्र पनि लुकेर बस्छ ।
माकुराबारे केही विचित्र तथ्यहरु
माकुरो ! तपाईं हामी सबैले देखिरहेको जीव ! घर, गोठका कुनाकाप्चा
तथा
बोटविरुवाहरुको अन्तरकुन्तरमा जालो बुनेर कीरा फट्यांग्रालाई पक्रन
खप्पीस
जीवको नाम हो माकुरो । सामान्यतः मान्छेलाई अति कम हानी गर्ने तर
हानिकारक कीरा फट्यांग्राहरुलाई खाएर उल्टै फाइदा पु¥याउने
सहयोगी
जीव हो– माकुरो । आउनुहोस्, यस जीवबारे केही रोचक कुराहरु पढौं !
आफ्नै जालोमा फँस्न सक्छ माकुरो
तपाईं हामीले देख्ने गरेका छौं, माकुराले कीरा फट्यांग्राहरुलाई पक्रन
जाल
बुन्ने गर्छ । यसको जालमा परेपछि हत्तपत्त कीरा फट्यांग्राहरु उम्कन
सक्दैनन् ।
यसको जाललाई छुनेबित्तिकै त्यसमा कीरा फट्यांग्राहरु टाँसिन पुग्छन् ।
तर
त्यही जालमा माकुरा चाहिँ टाँसिदैन ।
यस्तो किन र कसरी हुन्छ ?
वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने
माकुरो
आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर– जालोमा
हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । यसलाई जालोको कुन
धागोमा हिँड्दा टाँसिदैन र कुन जालोमा हिँड्दा चाहिँ टाँसिन्छ भन्ने
कुराको राम्रो हेक्का हुन्छ । त्यसैले यो जालोमा टाँसिदैन ।
माकुराले विभिन्न किसिमका जालो बुन्ने धागाहरु उत्पादन गर्न सक्छ ।
त्यसमध्ये यसले शिकार पक्रनको लागि टाँसिने खालको धागो उत्पादन
गरी
प्रयोग गरेको हुन्छ । त्यसबाहेक, यसले जालोलाई थाम्न र बलियो बनाउन
नटाँसिने खालको धागो पनि उत्पादन गरेर जालोमा प्रयोग गरेको हुन्छ ।
यही
नटाँसिने धागोको प्रयोग गरेर यसले जालोमा आफू हिँड्ने सुरक्षित बाटो
पनि
निर्माण गरेको हुन्छ ।
जालोमा कीरा फट्याँग्रा फँसेपछि यसले त्यही नटाँसिने धागोलाई मात्र
आफू
हिँड्ने बाटोको रुपमा प्रयोग गर्छ । माकुराको स्पर्श क्षमता यति
शक्तिशाली हुन्छ, यसले सजिलैसँग टाँसिने र नटाँसिने धागो चिन्न सक्छ ।
जहाँ पनि पाइने जीव
माकुराले बुन्ने जालो जति विचित्र र कलात्मक हुन्छ, त्यति नै विचित्र यो
जीव स्वयं आफू नै पनि छ । यो जीव जस्तोसुकै वातावरणमा पनि पाइन्छ ।
यो
जीव हावा, पानी, जमीन, रुख, जमीनभित्र जताततै पाइन्छ, जुन कुरा
यसका
विभिन्न प्रजातिहरुमा निर्भर गर्छ । यो जीव ८ सेन्टिमिटर लामोदेखि
आँखाले नै देख्न नसकिने आकारसम्मको पनि हुन्छ । फेरि, यसका केही
प्रजातिहरु
पानी नखाइकनै पनि बाँच्न सक्छ । माकुराको एउटा प्रजाति
टारान्टुलाले त
स–साना चराहरु नै पनि खान्छ र यो १५ वर्षको आयुसम्म बाँच्न सक्छ ।
कीरा हैन माकुरो
तपाईं हामी माकुरोलाई कीराको रुपमा लिने गर्छौं । तर रोचक त के छ
भने,
वैज्ञानिक वर्गीकरणमा माकुरो कीराको वर्गभित्र पर्दैन । यो
कीराभन्दा
भिन्न एराच्निड्स वर्गमा पर्दछ । यस वर्गमा आठवटा खुट्टा, आठ वटा
आँखा
तथा दुई भागमा विभक्त शरीर तथा पखेटा हुने जीवहरु पर्दछन् ।
माकुराको शरीरमा पखेटा तथा एन्टेना हुँदैन ।
सबै माकुराहरुले जालो बुन्दैनन्
सुन्दा अनौठो लाग्न सक्छ, तर सबै माकुरोले जालो बुन्दैन । पानीमा पाइने
माकुरो (युरोपियन वाटर स्पाइडर) ले पानीभित्र हावा भरिएको घण्टी
आकारको घर बनाएको हुन्छ । यसले आफ्नो त्यस घरलाई आफ्नो
आमाशयमा
सतहबाट भरेर ल्याएको हावाले भरेर राखेको हुन्छ । हावाले भरिएको त्यस
घरमा
यस माकुरोले अण्डा पार्ने र बच्चा हुर्काउने काम गर्छ ।
त्यसैगरी, केही माकुरोले त पात वा काठको खोक्रोमा एक कोठे घर
बनाएर
बस्छ ।
तरल हुन्छ जालो बुन्ने धागो
माकुराको जालो बुन्ने धागो त्यसको आमाशयमा रहेका विशेष
ग्रन्थीहरुमा
उत्पादन हुने गर्छ । ती ग्रन्थीहरुमा उत्पादन भएको धागो स–साना
प्वालहरु भएर
आमाशयको पुछारमा रहेको जालो बुन्ने अंगसम्म आइपुग्छ । रोचक के छ भने,
माकुरोको जालो बुन्ने यो धागो शुरुमा तरल रुपमा रहेको हुन्छ । तर जालो
बुन्ने
क्रममा हावाको सम्पर्कमा आएपछि सुकेर यो ठोस बन्न पुग्छ । साथै,
माकुरोले
आफ्नो उक्त अंगमा रहेको तरल पदार्थलाई थिचेर वा निचोरेर हैन,
खुट्टाको
सहायताले तानेर धागो बाहिर निकाल्छ ।
७० हजार प्रजाति
अहिलेसम्म माकुराका करीब ३५ हजार प्रजातिहरु रहेको पत्ता
लागिसकेको छ
। तर वैज्ञानिकहरु के विश्वास गर्छन् भने अझै पनि यसको करीब त्यति नै
अर्थात्
३५ हजार प्रजातिहरु यस पृथ्वीमा विद्यमान रहेको हुनुपर्छ, जुन अहिलेसम्म
थाहा हुन सकेका छैनन् । यस हिसाबले यस संसारमा माकुरोको करीब ७०
हजार
प्रजातिहरु रहेको हुनुपर्ने अड्कल काटिएको छ ।
आलपिनको टुप्पोभन्दा पनि सानो माकुरो
दक्षिण अमेरिकामा पाइने गोलियथ टारान्टुला माकुरो संसारमा पाइने
माकुराहरुमध्ये सबैभन्दा ठूलो माकुरो हो । यसका खुट्टाहरुले ढाक्ने क्षेत्र
करीब
२५ सेन्टिमिटरसम्म हुन्छ । अर्कोतिर सबैभन्दा सानो माकुरो चाहिँ पाटु
डिगुआ
९एबतग मष्नगब० हो । यसको शरीरको नाप ०.३७ मिलिमिटर मात्र हुन्छ ।
यो
भनेको एउटा आलपिनको टुप्पोको आकारभन्दा पनि सानो साइज हो ।
प्रकृतिसँगको तादाम्यता
संसारमा बाँच्ने कलाले भरिपूर्ण जीवहरुको नाम लिनुपर्दा त्यसमा
माकुरो पनि
आउँछ । माकुराले बाँच्नको लागि प्रकृतिसँग राम्ररी तादम्यता
मिलाएको
हुन्छ । हरियो माकुरोले पातमा आफ्नो घर बनाएर आफूलाई शत्रुले सजिलै
खुट्याउन नसक्ने गरी लुकाउँछ भने रातो, पहेंलो र सेतो माकुराले त्यही
रंगका
फूलहरुमा आफ्नो वासस्थान बनाएर आफूलाई सुरक्षित पार्छ । त्यसैगरी
आफ्नो
शरीरको रंगअनुसारको स्थानमा आफ्नो वासस्थान निर्धारण गरेर
माकुराले
आफूलाई सुरक्षित राख्न जानेको हुन्छ ।
कमजोर आँखा, उच्च स्पर्श क्षमता
केही जातिलाई छाड्ने हो भने माकुरोको दृष्टि अति कमजोर हुन्छ । तर
त्यसको विपरीत यसको स्पर्श क्षमता चाहिँ अति उच्च हुन्छ । विशेष गरी,
यसको कम्पन थाहा पाउने क्षमता अति तीखो हुन्छ । यसले आफ्नो
जालोमा
फस्ने कीरा उम्कने प्रयास गर्दा उत्पन्न हुने कम्पनको आधारमा जालोमा
शिकार फसेको थाहा पाउँछ । जालो नबनाउने माकुराले पनि हावा तथा
सतहमा शिकार हिँड्दा उत्पन्न हुने सुक्ष्म कम्पनको आधारमा शिकारलाई
पक्रन्छ । त्यसैगरी, पानीमा बस्ने माकुरोले पनि पानीको सतहमा आफ्नो
खुट्टा चलाएर त्यसमा रहेको कम्पनको आधारमा शिकार रहेको स्थान
पत्ता
लगाउँछ ।
एक पटकमा हजार अण्डा
माकुरोले अण्डा पार्छ । यसले एक पटकमा प्रजातिअनुसार एउटादेखि
हजार
वटासम्म अण्डा पार्न सक्छ । अधिकांश माकुराले आफ्नो अण्डालाई
जालोले
बुनिएको सुरक्षित कवचमा बेरेर सुरक्षित स्थानमा राख्छ । यसरी अण्डा
पारेपछि केही प्रजातिका माकुराले त्यसलाई त्यतिकै छोडिदिन्छ, फेरि
फेरि
त्यसको हेरचाह गर्दैन बरु अरु माकुराले त्यसको हेरचाह गरिदिन्छन् । कुनै कुनै
प्रजातिले चाहिँ आफूसँगै अण्डा लिएर हिँड्छ र बच्चा हुर्काउँछ ।
त्यसो त अधिकांश माकुरोका बच्चाहरुले जन्मनेबित्तिकै आफैं आफ्नो
हेरचाह
गर्न सक्छ र आमाको मद्दतबिना नै हुर्कन सक्छन् । तर केही प्रजातिका
माकुराहरु विशेष गरी नर्सरी वेभ स्पाइडर लाई चाहिँ आमा माकुरोले नै
हुर्काउँछे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects