Second Menu

स्वेता खड्का देखिनेछन् कतार अवार्डमा, हुनेछ यस्तो प्रस्तुती


२०७२ भदौ २१ गते १२:३७
नायिका स्वेता खड्का
कतारमा आयोजना हुन
लागेको ‘आठौ नेफ्टा
फिल्म अवार्ड’मा विशेष
प्रस्तुतीका साथ देखिने
भएकी छिन् ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले स्वेतालाई
विशेष
प्रस्तुतीका लागि आग्रह गर्दा उनले सहर्ष स्विकार गरेकी थिइन् । स्वेताले
स्टेजमा नृत्य भने गर्ने छैनन् । तर, उनैले निर्माण तथा अभिनय गरेको चलचित्र
‘कोहिनुर’को ‘के म तिम्रो होइन र’ बोलको गीतमा नायिका आश्मा
डीसी र
नायक संयम पुरीले नृत्य गर्दैछन् । गीत सकिएसँगै स्वेता स्टेजमा देखिनेछिन् र
विशेष प्रस्तुती दिनेछिन् ।
अवार्डका लागि कार्यक्रम सूची तयार पारिरहेका बाबुराम दाहालले
स्वेतालाई एक मन छुने कविता वाचन गराउने तयारी गरिएको बताए । तर,
स्वेताको अर्को सरप्राइज प्रस्तुती पनि हुने बाबुरामको भनाई छ ।
नेफ्टाको तयारीको समयमा भेटिएकी नायिका खड्काले आफूले नृत्य
नगर्ने
बताइन् । उनले नेफ्टा अवार्डका आयोजकले आफूलाई पनि संझेकोमा खुशी
लागेको प्रतिक्रिया दिइन् ।
अवार्ड असोजको ७ गते आयोजना गर्ने तयारी गरिएको छ ।
अन्तरराष्ट्रिय
कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले यसपटक कतारमा अवार्ड
आयोजना गर्न लागेको हो । अवार्डमा हाँस्य कलाकारद्धय हरिवंश
आचार्य र
मदनकृष्णको साथमा करिब ८० जना कलाकार सहभागी हुनेछन् ।

No comments:

Post a Comment