Second Menu

बले’ले कमाएको सबै पैसा आमाको खातामा


हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘बले’को भूमिकाबाट लोकप्रियता
कमाएका सागर लम्साल एक संघर्षशील कलाकार हुन् । भद्रगोलमा एउटा
सोझो र आवारा गाउँले युवकको भूमिकामा देखिने उनको वास्तविक
जीवन भने बेग्लै छ । प्रतिभाशाली हास्यकलाकारका रुपमा आफूलाई
चिनाएका सागरले अनलाइनखबरसित आफ्नो जीवनका केहि गोप्यताहरु
भंग गरेका छन् । प्रस्तुत छ, बलेको ५ गोप्य कुरा उनकै शब्दमाः
१. मेरा बा लोकगायक
मेरो बुवा राजेन्द्र लम्साल क्षेत्री स्याङजाको पुरानो लोकगायक
हुनुहुन्छ । उहाँ २०४० सालदेखि रेडियो नेपालमा गाउन थाल्नुभएको हो ।
उहाँका लगभग चार-पाँच दर्जन गीत रेकर्ड भएका होलान् । एल्बम पनि थुप्रै
छन् । ‘ज्याग्दी खोलाको किनारै बसेर… धान झुलेको छ, कहाँ जाउ भैरन्छ
मन डुलेको छ… शून्य भयो डाँडैको चौतारी लगायतका केहि गीतहरु मात्र
मलाई याद छन् । उहाँ पाँच वर्षयता यूरोपमा बस्दै हुनुहुन्छ ।
२. पाँच महिना सेल्सम्यान बनेँ
म ब्याचलर पढ्दै गर्दा २०६७ सालतिर बिग मार्टमा सेल्सम्यानको काम गथेँ
। त्यसमा दाल चामलको सेक्सनमा थिएँ । चामलको बोरा बोकेर घरमा
पुर्याइदिएको अनुभव पनि छ । महिनाको ७ हजार जति कमाई हुन्थ्यो ।
ब्याचलर पास गरेपछि त्यो काम छोडेँ ।
३. फि तिर्न नसक्दा स्कुलबाट निकालिएँ
मलाई कक्षा ५ मा पढ्दा फि तिर्न नसकेर स्कुलबाटै निकालिएको थियो
। भ्याली भ्यू स्कुल नयाँ बानेश्वरमा पढ्दाखेरीको घटना हो त्योउ । त्यो
बेला मेरो परिवारको आर्थिक अवस्था राम्रो थिएन । बाको व्यवसाय
डुबेको थियो । समयमा फि तिर्न नसकेपछि स्कुलबाटै निकालिनुपर्दाको
क्षण कहिल्यै विर्सन्न ।
४. बाका दुई श्रीमती
मेरो बुवाका दुई श्रीमती छन् । म जेठीपट्टीको हुँ । मेरो आमाबाट एक दाई
र एक बहिनीसहित तीन सन्तान छौं । दाई अहिले अमेरिका छ भने बहिनी
अष्ट्रेलियामा छे । सानी आमातिरबाट एउटा भाई छ । म नौ कक्षामा
पढ्दाखेरी बाले अर्को बिहे गर्नुभएको हो । पहिले दुवै आमा सँगै बस्नुहुन्थ्यो
। अहिले कान्छीआमाको छुट्टै विजनेस भएकाले बेग्लै बस्नुहुन्छ ।
५. पैसा सबै आमाको खातामा
मैले आजसम्म जति पनि पैसा कमाएँ, सबै ‘आमा बोरो’ लाई जिम्मा
लगाएको छु । एक रुपैयाँ पनि नराखिकन आमाको खातामा हालिदिन्छु ।
अनि आफूलाई चाहिएको बेला दाँत देखाउँदै उहाँसित माग्छु । आमाका दुई
खाता छन् । अहिले चाहिँ दुवै खाता रित्तिएका छन् । एउटामा १९ रुपैयाँ
५० पैसा अर्कोमा ५२ रुपैयाँ छ । म अलि खर्चालु पनि छु । बच्चामै एकजना
ज्योतिष भाइले भनेका थिए, यसले पैसा कमाउँछ पनि, उडाउँछ पनि । त्यस्तै
भइरहेको छ । पैसा नकमाएको होइन । तर हातमा छैन । कुरो.. ।

No comments:

Post a Comment