Second Menu

तीज गीतकै कारण म स्थापित भएकी हुँ


भाद्र १७, २०७२-
श्रीदेवी देवकोटा, गायिका
यो वर्षको तीज गीत ढाडे बिरालो... ले यति धेरै चर्चा पाउला भन्ने सोच्नुभएको थियो ?
यो गीत रेकर्ड गर्ने क्रममा दर्शक तथा श्रोताले मन पराउनुहोला भन्ने लागेको थियो, तर
यति धेरै चर्चा होला भन्ने सोचेको थिइनँ ।
के कारणले यो गीत सोचेभन्दा बढी चर्चित भएको होला ?
अहिले सुन्ने भन्दा हेर्ने गीतको चर्चा बढी हुन्छ । गायिका तथा नृत्यांगना ज्योति मगरको
हट नृत्यका कारण बढी चर्चा भएको हो ।
अश्लीलताको आरोप पनि लाग्यो नि ?
विनोद ढकालको शब्दमा खासै समस्या छैन । आलोचना गर्नेहरूले गायिका ज्योति
मगरको नृत्यमा आपत्ति जनाउनुभएको छ । गीतको भावअनुसारको उक्त नृत्यमा पनि म
खासै आपत्ति जनाउनुपर्ने आवश्यकता देख्दिनँ ।
यही गीतका कारण स्थापित भएको मान्नुहुन्छ ?
मेरो गत वर्षको तीज गीत ‘कन्याइदेऊ न बाई’ पनि अत्यधिक लोकप्रिय भएको थियो ।
उक्त गीत करिव २६ लाख पटक हेरिएको छ । ‘ढाडे बिरालो...’ पनि हालसम्म ११
लाखभन्दा बढी पटक हेरिसकिएको छ ।
सांगीतिक क्षेत्रमा आउनुभएको कति भयो ?
म २०६५ सालदेखि यो क्षेत्रमा छु । सांगीतिक क्षेत्रमा आएकै वर्ष ‘शिरमा सिन्दूर’,
‘पञ्चैबाजा’ तथा ‘हिमाल राम्रो हिउँले’ शीर्षकका एल्बम सार्वजनिक गरें । त्यसपछि
केही वर्ष अध्ययनमा व्यस्त भएपछि गत वर्षको तीजदेखि पुन: सांगीतिक क्षेत्रमा सक्रिय
भएँ ।
यो एक वर्षमा कतिवटा गीत गाउनुभयो ?
‘कन्याइदेऊ न बाइ...’ को लोकप्रियतासँगै मैले पछिल्लो एक वर्षमा झन्डै एक दर्जन गीति
एल्बम सार्वजनिक गरें । दसैंको अवसर पारेर गाएको ‘यो दसैंमा आउँदैन जस्तो छ...’ पनि
लोकप्रिय भयो । त्यसपछि बजारमा आएका रोइला गीत, चोर बिरालो पल्क्यो,
सिरानी टाङमुनि, फूलको जवानी, कान्छी मुसुक्कै, मच्चायो धमाका, धोका नदेउ आदि
एल्बमका गीत पनि लोकप्रिय भएका छन् ।
कति जना गायकसँग दोहोरी गाइसक्नुभयो ?
लोकदोहोरीका नाम चलेका प्राय: सबै गायकसँग गाइसकेकी छु । खासगरी प्रकाश
कटुवालसँगको मेरो गायनले चर्चा पाइरहेको छ । त्यसबाहेक मैले कुलेन्द्र बिक, खुमन
अधिकारी, तेजस रेग्मी, प्रकाश ढकाल आदिसँग गाइसकेकी छु ।
आगामी योजना के–कस्ता छन् ?
तीजका सांगीतिक कार्यक्रमहरूमा सक्रिय भैरहेकी छु । त्यसबाहेक दोहोरी एल्बमहरूमा
स्वर दिइरहेकी छु । आगामी दसैंका लागि एउटा सुन्दर गीत तयार पारिरहेकी छु ।

No comments:

Post a Comment