श्रावण २३, २०७१-विश्व कीर्तिमान राख्नुभएकोमा तीनै जना नेपाली चेलीलाई बधाई छ।
यो खबरले हामीलाई खुसी लागेको छ।
- प्रकाश रत्न, प्रदीप विश्वास
सुबिनजी, देशलाई संस्कार होइन सरकार चाहिएको छ भन्ने तपाईंको विचार मनपर्यो। अन्य
अंकहरूमा पनि यस्तै लेखको अपेक्षा गरेको छु।
- सुरज कोइराला
गत हप्ताको साप्ताहिकमा नेपाल प्रहरीको असई पदमा भर्ना खुलेको रिपोर्ट पढ्न
पाइयो। रोजागारीका विषयमा यस्तै समाचार पढ्न पाइयोस्।
डम्बर राउत, साल्बानी
- पूर्वमन्त्री शंकर कोइरालाको जीवनशैली रोचक रह्यो।
७९१७
साप्ताहिकको गएको अंक समग्रमा राम्रो लाग्यो। प्लस टु पुस्ताका बारेमा प्रकाशित
सामग्री राम्रो थियो। अब विज्ञान तथा प्रविधिजस्ता सामग्रीलाई पनि स्थान
दिनुपर्यो। साप्ताहिकले धेरैभन्दा धेरै पाठकको मन जित्दै जाओस्— सफलताको
शुभकामना।
- राजु भट्ट
मिनिस्कर्ट लगाउन रोक लगाएर मात्र राम्रो शिक्षा प्रदान गर्न सकिने होइन। शिक्षित
बनाउन त पढाउने शैली एवं विषयमै ध्यान पुर्याउनुपर्छ।
इन्द्र महत, गौरी
सान, मान र नामले मात्र नहुने रहेछ। (सुगमको संन्यास, साउन १६) आखिर काम आउने दाम नै
रहेछ। संन्यास नै नलिई पनि विदेश जान र कमाउन सकिन्छ।
- दीपराज चाम्लिङ
नेपालमा गीत, संगीतमा लागेर बाँच्न सकिँदैन। बरु स्टेज कार्यक्रम गर्नेहरूले बढी कमाइरहेका
छन्। -सुगमको संन्यास, साउन १६)
- कुशल थाक्लुङ
नेपालको नाम चम्काउनुभएकोमा धेरै-धेरै धन्यवाद। (यात्रा अनुभव, विरेश दाहाल, साउन
१६) राम्राे काम गर्नुभयो।
- कान्छा राइ, नीरज आचार्य
कोहिनूर र सिसाले राम्रो बजार लिन सकून्। (कोहिनूर र शिसा, साउन १६) अरू
चलचित्रभन्दा फरक स्वाद दिन सकून्।
- तिलक बाँस्तोला
समाजसेवा गर्ने नेपालीहरूको जमात बढ्दै गएको छ। (पैसा र अनुभवबिना पनि समाजसेवा
गर्न सकिने रहेछ, साउन १६) मनैले गरेका हुन् कि अन्य सोच राखेर ? त्यो भने बुझ्न सकिएन।
Second Menu
▼
No comments:
Post a Comment