सन् २०१५ पत्रकारहरुका लागि निकै व्यस्त वर्ष रह्यो । त्यसमा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका झुठा तस्विरहरुको सत्य पत्ता लगाउन पत्रकारहरुले निकै कसरत नै गर्नुपर्यो । विशेष गरेर आपत्तकालिन घटनाहरुमा यस्ता झुठा र भ्रामक तस्विरहरु इन्टरनेटमा भाइनल बने जुन उक्त सन्दर्भसँग कुनै मेल नै खाँदैन थियो । यस्ता तस्विरहरु नियोजितरुपमा भ्रम छर्न प्रयोग गरिएको थियो । के तपाईं पनि यी तस्विरहरुसँग झुक्किनु त भएको थिएन ? हेरौं त्यस्ता केही तस्विरहरु :
नेपालको भूकम्पमा दर्दनाक तस्विरहरुः
नेपालमा आएको विनाशकारी भूकम्पका दौरान सामाजिक सञ्जालमा निकै सेयर भएको फोटाहरुमध्ये एक थियो । ‘नेपालमा आफ्नो दुई वर्षीया बहिनीलाई चार वर्षीय दाजुले अंगालो हालेर सुरक्षा दिँदै’ भन्ने क्यापसन दिएर सेयर भएको यस तस्विर त्यस ताका फेसबुक र ट्वीटरमा खुब सेयर भएको थियो र डोनेसनका लागि आह्वान समेत गरिएको थियो । यो तस्विर झुठो नभएपनि भ्रामक भने थियो । यसलाई सन् २००७ मा भियतनाममा खिचिएको थियो । यस तस्विर लिने फोटोग्राफर ना सन न्गेवेन भन्छन्, ‘मैले खिचेका फोटाहरु मध्ये सबैभन्दा सेयर भएको यो फोटो बन्यो तर गत परिपेक्षमा यसको प्रयोग भयो ।’



0 comments:
Post a Comment