Second Menu

हामी उठ्नेछौं कला प्रदर्शनी

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी बुधवार देखि सुरु भएको छ ।

नेपाली चलचित्रका महानायक राजेश हमालले हामी उठ्ने छौं को पोष्टर खोलेर चित्रकला प्रदर्शनीको उद्घाटन गरेका हुन् । उनले चित्रकला प्रदर्शनीमा सहभागि भएका कलाकारहरुलाई केक समेत खुवाएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै हमालले ललित कला अध्ययनरत विद्यार्थीहरुले नेपालको चित्रकलालाई उठाउने प्रयास गरेमा खुशि ब्यक्त गर्दै हामी सबै आ–आफ्नो स्थानवाट उठ्नु पर्छ भन्नु भयो । उक्त कार्यक्रममा फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको हामी उठ्ने छौं सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र राखिएका छन् । प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment