सन् २०१५ मा भारतमा सर्वाधिक कमाउन सफल चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रबाट नायक सलमान खानको चर्चा अझै बढ्यो । यो चलचित्रमा सलमानको एक्सन अवतार भन्दा पनि अभिनय देखिएको थियो ।
अब, नेपालमा पनि यो चलचित्रको टाइटलसँग मिल्दो नाममा चलचित्र बन्ने भएको छ । प्रशान्त गिरीले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘बजरंगी’ राखिएको छ । चलचित्रलाई दयाराम दाहालले निर्देशन गर्ने भएका छन् । चलचित्रको लेखन मौनता श्रेष्ठले गरेका छन् भने राजकुमार उप्रेतीको एक्सन रहने पक्का भएको छ ।
निर्माता प्रशान्त गिरीले चलचित्रको टाइटल दर्ता गरिएको जानकारी गराउँदै फागुन २० गतेबाट छायांकनमा जाने जानकारी दिए । उनका अनुसार, चलचित्रको शिर्ष भूमिकामा उनी नै देखिनेछन् । राजेश हमाल, धिरेन शाक्य लगायतका कलाकार पनि हुन सक्ने जानकारी उनले गराए । करिब दुई दर्जन चिनिएका नयाँ र पुराना कलाकार चलचित्रमा देखिने उनको भनाई छ ।
पूर्ण रुपमा एक्सन बिषयमा तयार हुने चलचित्रको छायांकन नेपाल र विदेशमा गर्ने तयारी गरिएको पनि निर्माताको भनाई छ । यो चलचित्र बदलाको कथामा तयार हुनेछ ।
No comments:
Post a Comment