महोत्तरीको बर्दिवास नगरपालिका-२ का ३५ बषिर्य रामपृत सदा मुसहरको एउटा सानो झुपडी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् ।
पुस माघको कठ्याङ्गि्रदो जाडोमा ओड्ने र ओच्छ्याउनेको अभाव छ । जसकाकारण यो परिवार जाडो लागेपछि राम्रोसँग निदाउन सकेको छैन । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा जंगलबाट ल्याएको दाउरा बिक्री हुँदैन, त्यो राती यो परिवारको चुल्हो बल्दैन ।
उनी जस्ता त्यस बस्तिका करिब ६० घर धुरीका ४२० जना मानिसहरु चिसोसँगै चलेको शितलको कारणले रातभरी जाग्राम बसेर भगवानको भरमा रात बिताउँदै आएका छन् । मुसहरहरुको जीवन नियाल्न केही दिन अघि नेपालका चर्चित हाँस्य कालाकार धुर्मुस र सुन्तली पुगेका थिए । मुसहरहरुको घर घर पसेर उनीहरुको जीवन नियाल्दा यो जोडी भावूक बन्यो ।
घर छेउमै एक सय मिटरको दुरीमा जनता मावी छ । त्यहाँ अन्य ठाउँका बालबालिका पढ्न आउँछन् । तर मुसहर बस्तिका बालबालिका विद्यालय पढ्न जान सकेका छैन । मुसहर समुदायका केटाकेटीहरू घर छेउमै विद्यालय भए पनि थोरै बालबालिका मात्रै विद्यालय जान्छन् । धुर्मुस र सुन्तलीले नजिकै रहेको विद्यालयमा पुगेर मुसहर बस्तीका बालबालिका किन पढ्न पुग्दैनन् भन्ने बिषयमा विद्यालयका शिक्षकसँग कुरा गरे ।
उनीहरुले मुसहर बस्तीको बालबालिकाहरुलाई कसरी शिक्षा प्रदान गर्ने भन्ने जिम्मेवारी शिक्षकरुको भएको बताए । मुसहर बस्ती अवलोकन गरेर फर्किएपछि हाँस्यकालाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले यो बस्तीको एकिकृत विकासको लागि आफूहरु पनि लाग्ने बताए । साथै यस बस्तिको विकासको लागि सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनीक रुपमा उनीहरुले अपिल पनि गरेका छन् ।
No comments:
Post a Comment