Second Menu

‘बागमती’ निर्देशकसँग यसरी पोखे राजेशले असन्तुष्टी

नेपाली चलचित्रको इतिहासमै महंगो बजेटको भनेर प्रचार गरिएको चलचित्र ‘बामगती’ले बक्स अफिसमा कुनै कमाल गरेन । चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ जस्ता कलाकार भएपनि यसले इनिसियल व्यापार पनि गरेन । चलचित्रले समिक्षा पनि नराम्रो पाएको छ ।

चलचित्रमा लामो समयपछि पर्दामा देखिएका नायक राजेश हमाल र शिव श्रेष्ठको कामलाई दर्शक तथा समिक्षकले स्विकार गरेनन् । दुई कलाकारले किन यस्तो चलचित्र खेले भन्ने प्रश्न पनि अगाडि आएको छ । यही क्रममा नायक राजेश हमालले पनि चलचित्रको बिषयमा असन्तुष्टी जनाएका छन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै हमालले निर्देशक सन्नी केरालाप्रति असन्तुष्टी जनाएका हुन् ।

उनले लेखेका छन्-‘बागमतीको छायांकन, सस्पेन्स र प्रस्तुती ठिक लागे पनि चलचित्रलाई किन अपुरो छोडियो र पार्ट- २ बनाउने बिषयमा विस्तृत जानकारी नदिइकन निर्देशक सन्नी केरला चलचित्र रिलिजको एक दिन अगाडि केरला फर्किएकोमा दुख लागेको छ ।’

हमालको यो स्टाटसले उनी पनि चलचित्रको दोश्रो पार्ट बन्छ भन्नेमा वेखबर थिए भन्ने प्रष्ट हुन्छ । चलचित्रका सबै कलाकारलाई यसको स्त्रिmप्ट नदिएर उनीहरुको भूमिका मात्र दिइएको वुझिन्छ । नायिका केकी अधिकारीले केही दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यो कुरा खोलेकी थिइन् ।

हुनत, यसका निर्माताले चलचित्रको दोश्रो भाग बनाउने घोषणा गरिसकेका छन् । तर, निर्देशक सन्नी केरला भने चलचित्रको विशेष शो देखि पत्रकार सम्मेलनमा समेत देखिएनन् । यसैले, अब चलचित्रका मुख्य कलाकार र निर्देशकविच विवाद हुने देखिन्छ ।

No comments:

Post a Comment