यो बर्षका अन्तिम ३ महिना नेपाली चलचित्र रिलिजको क्यालेन्डरले भरिएको छ । माघ १ देखि चैत्र २६ गतेसम्म कुनै पनि मिति खाली छैनन् । हरेक हप्ता दुई वा सो भन्दा बढी चलचित्र रिलिज हुँदैछन् ।
नयाँ बर्षको सुरुवातदेखि फेरि नेपाली चलचित्रको क्यालेन्डर भरिने देखिएको छ । नयाँ बर्षको पहिलो महिनामा नै हरेक हप्ता चलचित्र भरिने छनक देखिएको छ । वैशाख १७ लाई चलचित्र ‘जंगे’ले आफ्नो प्रदर्शन मिति तोकेको छ ।
उत्कल थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई आइडियाज एण्ड इमेजेजको ब्यानरमा सुशन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका छन् । विरगञ्जका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नायक सुरज सिंह ठकुरी शिर्ष भूमिकामा देखिएका छन् । सुवास कोइरालाको पटकथा तथा संवाद रहेको चलचित्रमा सुसन प्रजापतिकै छायांकन, उज्वल ढकालको सम्पादन छ ।
चलचित्रमा ऋचा शर्मा, शिखा शाही पनि मुख्य भूमिकामा छन् । नयाँ बर्ष लागेसँगै फेरि आशातित चलचित्रको प्रदर्शन सुरु हुने छनक देखिएको छ ।
No comments:
Post a Comment