छैटौँ बिग आइकनअन्तर्गत उत्कृष्ट ३० प्रतियोगी छनौट भएका छन् । पाँचौं चरणको अडिसनबाट छानिएका ३६ जना प्रतिस्पर्धीमध्येबाट छैटौँ चरणमा आउँदा ६ जना प्रतियोगी बाहिरिएपछि उत्कृष्ट ३० प्रतियोगी छनौट भएका हुन् ।
शनिबार सम्पन्न छैटौं चरणको अडिसनमा प्रतियोगीहरू प्रदीप भट्टराई, मोहदत्त काफ्ले, होमबहादुर गुरुङ, आकाश पौडेल, प्रकाश तामाङ तथा गौरव पुन बाहिरिए । उत्कृष्ट ३० को छनौटसँगै विग आइकनको यो सिजनको अडिसन राउण्ड केही फरक शैलीमा अघि बढ्ने एफएमले जनाएको छ । छैटौँ चरणको अडिसनसम्म संगीतबिना नै गाएका प्रतियोगीहरूले आगामी चरणमा भने गितार तथा पियानोमा गीत गाउनेछन् ।



0 comments:
Post a Comment