Second Menu

पौष महिना जस्तै फासफुस भो नेपाली फिल्म

पौष महिना फासफुसको महिना भनिन्छ । कतिबेला यो महिना सुरु हुन्छ र कतिबेला सकिन्छ भन्ने पत्तै हुँदैन । पौष महिना सकिएर आजबाट माघ लागेको छ ।

तर, यो महिना जस्तै नेपाली चलचित्रका लागि पनि ‘पौष फासफुस’ नै भयो । भदौदेखि महिनामा एउटा चलचित्रले राम्रो व्यापार गरिरहेको थियो । तर, यो महिनामा आएर यो क्रम रोकिएको छ । पौष महिनामा लागेका सबै चलचित्रले निर्मातालाई निराश बनाए । यो निराशा निर्माताका लागि मात्र नभएर चलचित्र क्षेत्रका लागि पनि देखियो ।

पौषको १० गते प्रदर्शनमा आएका ‘आधा पेज र टिष्टा पारिको साइनो’ले पानी भनेनन् । दर्शक यो महिनामा हलमा पुग्नु भन्दा घरमै सिरक भित्र गुटमुटिए ।

पौष १७ गतेबाट प्रदर्शनमा आएका ‘धौली र बिच बाटो’को व्यापार पनि सोचे जस्तो भएन । गीतकै कारण चर्चामा रहेको चलचित्र ‘बिच बाटो’ले अपेक्षित रकम कमाएन । तर, निर्माता राजेश शाही भने चलचित्रको व्यापारबाट सन्तुष्ट देखिए । ‘धौली’ हेर्न त दर्शक हलसम्म पुगेनन् ।

पौषको २४ गते सोलो रिलिज भयो, राजेश हमाल र शिव श्रेष्ठ अभिनित सर्वाधिक प्रतिक्षित चलचित्र ‘बागमती’ । यो चलचित्रलाई दक्षिण भारतीय टिमले बनाएको, निर्देशक पनि त्यतैको भन्दै प्रचार गरियो । तर, दुई सर्वाधिक चर्चित नायक भएको चलचित्रले इनिसियल व्यापार पनि गरेन । ५ वटा चलचित्र रिलिज भएपनि कुनैले सामान्य व्यापार पनि गरेनन् । जसले गर्दा पौष महिना पूर्ण रुपमा घाटामा गएको छ ।

No comments:

Post a Comment