- आँखा वरिपरि देखिएका डार्क सर्कल एलर्जीका कारण भएको हो भने एलर्जी गराउने चिजबाट टाढै रहनुपर्छ ।
- आँखामुनि हाडे बदामको तेल आदि दल्दा डार्क सर्कल हट्न सक्छ । दुई–तीन सातासम्म दैनिक रूपमा बदामको तेल मसाज गर्दा डार्क सर्कलको असर कम हुँदै जान्छ र निरन्तर यसो गरिरहँदा केही समयमै हराउँछ ।
- आँखामा १५ मिनेटसम्म काँक्राको टुक्रा राख्ने हो भने त्यसले सकारात्मक प्रभाव देखाउँछ । नियमित रूपमा यसो गर्नाले डार्क सर्कलको असर कम हँुदै जान्छ ।
- काँक्रा तथा आलुको मिश्रण सुत्नुअघि आँखामा राख्दा आराम मिल्छ । यदि त्यसो गर्न अल्छी लागे १० मिनेटसम्म भिजेको टी ब्याग आँखामा राख्न सकिन्छ । यसले पनि काँक्रा र आलुको मिश्रण बराबर काम गर्छ ।
No comments:
Post a Comment