उद्योग बाणिज्यको २५ ओं साधारण सभा सम्पन्न

सिन्धुली – उद्योग बाणिज्य संघ सिन्धुलीको २५ औं साधारण सभा मंगलबर सिन्धुलीमाढीमा सम्पन्न भएको छ । सिंघ सिन्धुलीको अध्यक्ष विनेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाको प्रमुख अथित्यता र संसद मोहन प्रसाद वरालको विशेष आथित्यता सम्पन्न भएको थियो ।
कार्यक्रममा संघको कोषाध्यक्ष कामेश्वर महत्वले प्रस्तुत गरेको २०७२ असार मसान्त सम्मको २४ लाख १६ हजार १ सय ८८को आया–व्याय र आर्थिक वर्ष २०७२÷०७३ को ४१ लाख ९४ हजार ५ सय ७६ को अनुमानित वजेट पारित भएको छ ।
२५ औं साधारण सभा भएकोले प्रमुख अथितिलाई कार्यक्रममा २५ किलोको माला लगाएर स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दल संघ संस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects