काठमाडौं । नेपालका चर्चित दुई ग्ल्यामरस गायिका इन्दिरा जोशी र सुनिता दुलाल अहिले बेलायततिर बरालिँदै छन् । बि्रटिश गोर्खा नेप्लिज काउन्सिलको आयोजनमा बेलायतमा भएको गोर्खा कल्चर नाइटमा गाउन पुगेका उनीहरु एक महिनासम्म उतै अल्मलिने भएका छन् ।
कार्यक्रममा इन्दिराले ‘उध्रेको चोली’ लगायत अन्य चर्चित गीत प्रस्तुत गरेकी थिइन् । लोकगायिका सुनिताले पनि झम्के फूली, मेरो दिलमा लगायतका गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रम जनवरी २ मा फार्नबोरोबाट सुरु भएको थियो ।
अहिलेसम्म रेसिङ र ग्रेजमा कार्यक्रम सम्पन्न भइसकेको छ । स्वीन्डन, आसफोर्ड, बेजिङस्टोक लगायतका स्थानमा कार्यक्रम हुन बाँकी नै छ । ७ फेब्रुअरीमा कार्यक्रम सम्पन्न हुने भएको छ ।
यसपालीको वेलायत यात्रा विशेष भएको प्रतिक्रिया दिँदै इन्दिराले सम्भव भए म्युजिक भिडियोको सुटिङ समेत गर्ने योजना सुनाइन् ।
No comments:
Post a Comment