यस बर्षको ‘मिस ई कलेज सिजन ६’ को उपाधि आइन्टाइन कलेजमा व्याचलर प्रथम वर्षमा अध्ययनरत १८ बर्षकी नीतिका कर्माचार्यले ले जितेकी छिन् । काठमाण्डौको राष्ट्रिय नाँचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना १५ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।
मिस-ई कलेज उपाधि जितेबापत उनले एक लाख ५६ हजार बराबरको स्कूटर क्याम्पिएन कलेजको तर्फवाट रु १ लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाएकी छिन् । उत्कृष्ट दशको चयनपछि सोधिएको ‘जीवनको अन्तिम क्षणमा पुगेको व्यक्तिलाई कसरी प्रोत्साहन गर्नु हुन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर उनले उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हासिल गर्नर् प्रेरणा मिलेको उनले बताइन् ।
सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि लिटिल एन्जल कलेजमा अध्ययरत १८ बर्षकी प्राची अर्यालले जितिन् । अधिकारीले उपाधिसँगै मिस ट्यालेन्टको अवार्ड पनि हात पारिन् भने सिटिभि मोबाइल ट्याव, क्याम्पीयन एकेडेमीको तर्फवाट रु ५० हजार वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन । कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि प्रतिक्षा वाँनियाले जितिन् ।
कार्यक्रमको मुल्यांकनकर्ताको रुपमा मिस नेपाल १९९९ कि विजेता श्वेता सिंह ,चलचित्र निर्देशक तथा नायक आकाश अधिकारी , क्याम्पीएन एकेडेमीका प्रिन्सीपल नविनमान श्रेष्ठ, पत्रकार गोविन्द नेपाल, फोटोग्राफर राज भाइ सुवाल र ‘मिसेज हेरीटेज २०१५’ की विजेता रजनी थापा थिए ।
कलेज स्तरमा अध्ययनरत १६ देखि २४ वर्ष सम्मका छात्राहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले ६ वर्षदेखि निरन्तर यो प्रतियोगिता गर्दै आएको छ ।
No comments:
Post a Comment