Second Menu

सिम्पल खनालले गरिन् बिहे

मोडल सिम्पल खनालले बिहे गरेकी छिन् । केही दिन अगाडि मात्र आफ्ना प्रेमी नदिनसँग इन्गेजमेन्ट गरेकी खनालले आइतबार बिहे गरेकी हुन् । काठमाण्डौको हायात होटलमा परिवार र आफन्तहरुको उपस्थितीमा सिम्पलले नदिनसँग बिहे गरेकी हुन् ।

सिम्पलको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । मोडल नम्रता सापकोटाले फेसबुकमा तस्बिर राख्दै सिम्पललाई वधाई दिएकी छिन् । बेलायतमा रहँदै आएका नदिन र सिम्पलको प्रेम केही समयदेखि चलेको बताइन्छ ।

यसपछि उनीहरुले बिहे गर्ने सोच बनाएका थिए । चलचित्र भन्दा पनि म्यूजिक भिडियो र मोडलिङमा सिम्पल सक्रिय थिइन् । उनको पछिल्लो समय करिअरको गती सुस्त थियो । म्यूजिक भिडियो निर्देशक प्रसन्न पौडेलसँग डिभोर्स गरेपछि सिम्पल एक्लै थिइन् ।

No comments:

Post a Comment