Second Menu

जुकबक्समा आयो फूलैफूलको मौसम तिमीलाई

फागुन २१ गते सार्वजनिक प्रदर्शनमा आउने फूलैफूलको मौसम तिमीलाई चलचित्रका गीतहरु युट्युवमा अडियो जुकबक्सको रुपमा आएको छ ।

केहि दिन अगाडी तिमिलाई गीत सार्वजनिक भएको यो चलचित्रको उक्त गीतलाई धेरै दर्शकले मनपराएपछि अडियो जुकबक्स बनाएको निर्देशक दिनेश डिसीले बताए । डिसिका अनुसार अरु चलचित्रले एउटा गीतको छायाँकन तिन दिनमा सक्ने चलन रहेको छ । तर आफुले उक्त गीतको छायाँकन १२ दिन लगाएर १८ स्थानमा गरेको बताए । आफुले निकै मेहनत गरेको बताउने डिसीका अनुसार उक्त गीतमा मात्र ७८ हजार फूलहरुको प्रयोग गरिएको छ ।

हालै जुकबक्सको रुपमा आएको उक्त चलचित्रका गीतहरुको संगित सुरेश अधिकारीले दिएका छन् भने राजेश पायल राई, बनिका प्रधान, राज सिग्देल र दीपा लामाले स्वर दिएका छन् । गीतको रचना भने सुरेश अधिकारी र स्वर्य निर्देशक दिनेश डिसीलेनै गरेका छन् ।

No comments:

Post a Comment