नचल्दै ‘नाई नभन्नु ल ४’ले ८५ लाख कमायो,

कतिपय चलचित्रका निर्माता यस्तो भाग्यमानी हुन्छन् कि, उनीहरुको चलचित्र सफल हुने पक्का नै हुन्छ । यस्तै, भाग्यमानी निर्मातामा पर्छन् विकास आचार्य ।

‘नाई नभन्नु ल’को सिक्वेल बनाएरै उनले पैसा कमाइरहेका छन् । उनै, विकासले बनाएको ‘नाई नभन्नु ल ४’ले पनि प्रदर्शन अगावै उनलाई नाफा दिलाइसकेको छ ।

काठमाण्डौ बाहिरबाट यो चलचित्रलाई वितरक एफडी कम्पनीले ५० लाख एमजी दिएको छ । चलचित्रले ५० लाख रुपैयाँ मिनिमय ग्यारेन्टी पाइसकेको छ । यो भन्दा माथिको व्यापार गरेपछि भने चलचित्रका निर्मातालाई ६० प्रशित र वितरकलाई ४० प्रतिशत शेयर जानेछ । अहिले एफडी कम्पनीले निर्मातालाई एमजी दिइरहेको छ ।

काठमाण्डौमा भने वितरक सुनिल मानन्धरले ३५ लाख एमजी दिएको निर्माता तथा निर्देशक विकास आचार्यले अनलाइखबरलाई बताएका छन् । उनले चलचित्रको गीत संगीत र सिक्वेल क्रेजलाई हेरेर एमजी दिएको बताए । ३५ लाख भन्दा बढी कमाएपछि चलचित्रको शेयर निर्माता र वितरकले आधा-आधा बाँड्ने सहमती भएको छ ।

यसअघि पनि वितरक सुनिल मानन्धरले यसको तेश्रो सिक्वेललाई एमजी दिएका थिए । यसैले, निर्माताले चलचित्र चलेपनि नचलेपनि ८५ लाख कमाउने पक्का भैसकेको छ । चलचित्रको गीतसंगीत पनि उत्कृष्ट रहेको भन्दै विकासले यसपटक चलचित्र पनि उत्कृष्ट बनाएको बताए ।

चैत्र २६ गतेबाट चल्ने यो चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउतको मुख्य भूमिका छ ।

यसैविच, चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरिएको छ । राजेश पायल राइको आवाजमा समावेश गीतलाई बसन्त सापकोटाले संगीत भरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects