अभिनेत्री जेनिफर एनिस्टन तथा उनका श्रीमान् जस्टिन थेराक्स एकसाथ मार्सल आर्ट वर्कआउट गरिरहेका छन् । जेनिफर वर्षौंदेखि योग शैलीको मार्सल आर्ट ब्यायाम बुकोकन गर्दै आएकी छिन् ।
हालै उनले श्रीमान् जस्टिनलाई पनि यो व्यायाम गर्ने सल्लाह दिएकी छिन् । यो व्यायामको सहयोगले जस्टिनको शरीरको माथिल्लो भागमा परिणाममुखी सुधार आउने उनको अनुमान छ । जेनिफर फिटनेसका मामिला पहिलेदेखि नै सचेत मानिन्छिन् । श्रीमतीको सल्लाहपश्चात् हाल दुवै मार्सल आर्ट ट्रेनर क्यामरन सायनसँग क्लास लिइरहेका छन् ।
जेनिफर आफ्नो शारीरिक बनावट आकर्षक बनाएपछि विकिनी फोटोसुट गर्न अग्रसर हुन्छिन् । हेरौं, उनको बिकिनी सुट कहिले हुने हो ?



0 comments:
Post a Comment