मोडल सिम्पल खनालले गरिन् इन्गेजमेन्ट

म्यूजिक भिडियो क्षेत्रमा चर्चित बनेकी मोडल सिम्पल खनालको इन्गेजमेन्ट भएको छ । आज बिहान काठमाण्डौको हायात होटलमा उनको इन्गेजमेन्ट गरिएको हो । यूकेमा बस्दै आएका नदिन नाम गरेका यूवासँग उनको इन्गेजमेन्ट भएको हो । उनीहरु प्रेम सम्बन्धमा थिए ।

बिबाहको मिति तय भैसकेको छैन । सिम्पल र नदिनका परिवारको विचमा हायात होटलमा इन्गेजमेन्ट गरिएको हो । बिहेपछि सिम्पल पनि यूकेतर्फ नै लाग्ने वुझिएको छ ।

इन्गेजमेन्टमा गीतसंगीतको रमाइलो पनि समावेश थियो । म्यूजिक भिडियो निर्देशक प्रसन्न पौडेलसँग पारपाचुके भएपछि सिम्पल एक्लै थिइन् । उनले नदिनसँग बिहे गरेर नयाँ जीवन सुरु गर्न लागेकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects