सन् २०१५ का सम्पूर्ण गतिविधि समेटिएको विविध सामग्रीले भरिपूर्ण साप्ताहिक पढ्न पाउँदा खुसी लाग्यो ।
अनुप अधिकारी
नेपालीमा बोल्नु भनेको नेपाल बोल्नु हो । (गजुरियल विश्लेषण : भारतीय राजदूतसँग नेपालीमा कुराकानी) सबै नेताले राष्ट्रिय भाषामा बोल्नुपर्छ । सभामुखले नेपालीमा बोलेर राम्रो काम गरिन् ।
सुजाता बजगार्इं
साप्ताहिकमा समाचारभन्दा बढी तस्बिर आउन थाले । पाठकको रुचिअनुरूप सामग्रीहरू प्रस्तुत गर्नुपर्यो ।
७८८८
नेपालमा त्यस्तो दिन कहिले आउला ? (सर्वाधिक कमाइ गर्ने मोडलहरू) व्यवसायिकता कहिले फस्टाउला ?
प्रवेस श्रेष्ठ
ड्रोनको आविष्कार चाहिँ उपलब्धिमूलक लाग्यो । (सन् २०१५ का प्रमुख आविष्कार) यसको माग पनि बढिरहेको छ । रुवान्डाजस्तो मुलुकले यसको पोर्ट निर्माण गर्न लागेको खबरले खुसी थप्यो ।
महेश चौधरी
नेपालमा अन्तर्राष्ट्रिय स्तरका फेसन डिजाइनरहरू आउनु, कार्यक्रम गर्नु राम्रो कुरा हो । नेपालको फेसन डिजाइनिङले पनि अन्तर्राष्ट्रिय स्तरमा बजारमा पाओस् ।
भरत कार्की
बदनाम भएरै भए पनि अन्तराष्ट्रिय खेलकुदको चर्चामा नेपालको नाम जोडियो । (सन् २०१५ का खेलकुद विवाद) आशा छ, अर्कोपालि सकारात्मक समाचारले स्थान पाउनेछ ।
प्रमोद कर्माचार्य
साप्ताहिकको अनलाइनमा योगमा विश्व कीर्तिमान कायम गर्ने काभ्रेका उत्तम मोक्तानका बारेमा पढ्न पाइयो । (नेपालीद्वारा योगको विश्व कीर्तिमान प्रयास) यसैगरी युवाहरूले गरेका राम्रो कामका विषयमा पढ्न पाइयोस् ।
विजया थुलुङ
गत वर्ष स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएछ । (स्वास्थ्यक्षेत्रको उपलब्धि) यो सुखद कुरा हो । प्रविधि जत्तिकै यो क्षेत्रमा पनि उल्लेख्य प्रगति हुनु आवश्यक थियो ।
अनुप थापा
बिल गेट्स कसरी सधैं एक नम्बर धनीमा पर्न सफल भए (विश्वका सबैभन्दा धनी व्यक्ति) भन्ने विषयमा एउटा लेख पढ्न मन छ । बेलाबेला यस्ता सामग्रीलाई पनि स्थान दिँदा राम्रो हुन्छ ।
No comments:
Post a Comment