Second Menu

जहाँ बाच्छा–बाच्छीको न्वारान गरिन्छ

मानिसको बच्चा जन्मिएपछि धार्मिक विधिअनुसार न्वारान गर्ने प्रचलन छ, तर काठमाडौंको एउटा मन्दिरमा गाई वा भैंसीबाट जन्मिएका बाछा वा पाडाको पनि न्वारान गरिन्छ ।

रत्नपार्कबाट करिब १० किलोमिटर टाढा पर्ने गोकर्ण नगरपालिकाको चन्द्रेश्वर मन्दिरमा यस्तो चलन छ । पाडापाडी वा बाच्छाबाच्छीको ११ दिनमा विधिअनुसार न्वारान गरिदिए कुनै किसिमको अप्रिय घटना नहुने विश्वास गरिन्छ । राजा मानदेवले चलाएको यो चलनलाई नेवारी भाषामा ‘सातुबु ब्येग्यो’ भनिन्छ ।

No comments:

Post a Comment